सिन्धपाल्चोक जिल्ला जुगल ३ गुम्बा खेलकुद समिति द्वारा आयोजित सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता २०८२ को उपाधी वनकाली यूवासमाज जुगल ६ ले जितेको छ।
मङ्गलबार भएको फाइनल खेलमा आयोजक गुम्बा खेलकुद समिति र जुगल गाउँपालिका ‘वनकाली यूवासमाज जुगल ६ बीच भएको रोमान्चक खेलमा ३-१ ले जित निकाल्दै वनकाली यूवासमाज जुगल ६ ले उपाधी हात पारेको हो ।
त्यस्तै तेस्राे स्थानको लागि भएको खेलमा बलेफी ३ लाई हराउँदै बलेफी गाउँपालिका वडा नं १ जलबिरेले तेस्राे स्थानमा चित्त बुझाएको छ भने बालेफि ३ सान्त्वना स्थानमा चित्त बुझाएको छ ।
तीन दिनसम्म संचालन भएको प्रतियोगिताका विजेताले ८८ हजार ८ सय ८८ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने क्रमशः द्वितीय, नगद ५५ हजार ५ सय ५५ तितृत ३३,३,३३ सान्त्वना १११११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक विकास लामाले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाभरका १६ टिम सहभागी थिए । कार्यक्रममा विजेताहरुलाई जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो , जुगल ३ का वडा अध्यक्ष लक्ष्मण दोङ , वडा अध्यक्ष टंक तामाङ , पर्यटन व्यवसायी मिलन तामाङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई स्वास्थ्य, अनुशासन, एकता र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयाे । अध्यक्ष स्याङ्बोले भलिबलजस्तो खेलले युवाहरूमा सहकार्य, नेतृत्व, धैर्य तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले पालिकाहरूबीच आपसी सम्बन्ध मजबुत बनाउनुका साथै स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनमा ठूलो योगदान पुर्याउने बताउनुभयो ।
उहाँले जुगल गाउँपालिका सधैं युवा, खेलकुद र सिर्जनशील गतिविधिको प्रवर्द्धनमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै सीमित स्रोतसाधनका बाबजुद पनि यति व्यवस्थित प्रतियोगिता आयोजना गर्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिँदै प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई खेल भावना, अनुशासन र मर्यादा कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो।

