
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको सोमबारको बैठकले कार्यतालिकास्वीकृत गरेको हो ।
कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । त्यस्तै, माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणनाप्रारम्भ गरिने कार्यक्रम रहेको छ ।