बुधबार, असोज १७, २०८०
गृहपृष्ठराजनीति‘वान डोर’ सिस्टमबाट विदेशबाट आएकाको उद्धार गर्न नसक्दा सिन्धुमा कोरोना संक्रमण भयावह’

‘वान डोर’ सिस्टमबाट विदेशबाट आएकाको उद्धार गर्न नसक्दा सिन्धुमा कोरोना संक्रमण भयावह’


चौतारा । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले वान डोर सिस्टमबाट विदेशबाट आएकाको उद्धार गरिएको भए जिल्लामा संक्रमणको अवस्था भयावह नहुने दावी गरेका छन् । विदेशबाट आएकाको उद्धार गर्ने जिम्मा समन्वय समिति या त्यस्तै समिति बनाएर दिएको भए सिन्धुपाल्चोकमा संक्रमणको अवस्था भयावह नहुने बताएका हुन् ।

उनले वानडोर सिस्टमबाट विदेशबाट आएका व्यक्ति लाने र उनीहरुलाई निश्चित अवधिसम्म कवारेन्टि वा आइसोलेसनमा राख्ने व्यवस्था गर्न सकेको भए कोरोना तीव्र रुपमा नफैलने र आर्थिक भार कम पर्ने बताएका छन् ।

सिन्धुखबरसँग कुरा गर्दै तामाङले प्रत्येक पालिकाबाट छुट्टाछुट्टै गाडी उद्धारका लागि जाँदा संक्रमणदर उच्च भएको र आर्थिक भार धेरै भएको बताए । सबै स्थानीय तहले केही मात्रामा सहयोग गरेर समन्वय समितिले उद्धार गरेर जिल्ला ल्याउने र आइसोलेसनमा राख्ने व्यवस्था गर्न सकेको भए संक्रमण कम हुने उनको दावी छ ।

उनले स्थानीय तहहरुले खोलेका आइसोलसनहरु मापदण्ड विपरित भएको बताएका छन् । ‘उहाँहरुले एकदम तल्लो स्तरका व्यक्तिहरुलाई मात्रै कोरोना लाग्छ भन्ने हिसाबले आइसोलसन वार्डहरु निर्माण गर्नुभएको छ उनले भने, सामान्य मापदण्ड पनि नअपनाइएका आइसोलसन स्थानीय तहमा देख्न सकिन्छ ।’

सुविधासम्पन्न आइसोलेसन निर्माणका लागि आफूले दवाव दिएपनि स्थानीय तहहरुले त्यसो नगरेको उनको भनाइ छ । प्रमुख तामाङले विपद व्यवस्थापनमा समन्वय समितिले प्रभावकारी भूमिका खेल्न सक्ने भएतापनि समन्वय समितिलाई दिएइको अधिकारले त्यो गर्न नसकिएको बताएका छन् । सिमित आर्थिक अधिकारका कारण चाहे जसरी विपद व्यवस्थापनमा भूमिका खेल्न नसकेको उनले स्विकारेका छन् । उनीसँग गरिएको एक्स्क्लुसिभ कुराकानी हेरौं

 


क्याटेगोरी : राजनीति, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!