Techie IT
Sunday, November 1,2020 / शनिबार, कात्तिक १५, २०७७
×
गृहपृष्ठभिडियोपूर्वमन्त्री बस्नेतले भने, ‘सरकारको लापरवाहीका कारण संक्रमणको अवस्था झन भयावह हुने’(भिडियोसहित)

पूर्वमन्त्री बस्नेतले भने, ‘सरकारको लापरवाहीका कारण संक्रमणको अवस्था झन भयावह हुने’(भिडियोसहित)


चौतारा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सरकार भ्रष्टाचारमा र्चुलुम्म डुबेको बताएका छन् । सिन्धु खबरसँग कुरा गर्दै उनले कोरोना नियन्त्रणका लागि सरकारले गरेको खर्च अपारदर्शी रहेको भन्दै सरकार भ्रष्टाचारको अखडा रहेको बताएका हुन् ।

उनले कोरोना संक्रमण नियन्त्रणका लागि १० अर्ब खर्च भयो भनेर जनतालाई दिएको जानकारी जनताले नपत्याएर आन्दोलनमा होमिदाँ पुन सात अर्ब मात्रै रहेछ भनेर जवाफ दिएकोप्रति इगिंत गर्दै सरकार पारदर्शी बन्न नसकेको आरोप लगाए ।

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा पनि ठुलो भ्रष्टाचारको चलखेल भएको भन्दै उनले कोरोनासँग नडराउने र सावधानी नअपनाउने हो भने अबको अवस्था झन भयावह हुने जिकिर गरे ।

सरकार कोरोना नियन्त्रणका लागि संवेदनशील नभएको र केहीले गरेको हेल्चेक्र्याइले भोलि मानिसहरु संक्रमणका कारण सडक र बाटो जताततै ढल्ने अवस्था आउन सक्ने उनले चेतावनी दिए ।

उनले भने त्यतिबेला अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको समेत भागाभाग हुन्छ कोही उपचार गर्न तयार हुन्नन् । सरकारी कर्मचारीलाई तलब खुवाउन नसकेका कारण कर उठाएर तलब खुवाउन भन्दै लकडाउन खोलेको उनको आरोप छ ।

उनीसँग सिन्धुखबरले गरेको कुराकानी र सुनकोशी गाउँपालिकाको बजेट विषेश हेर्न तल क्लिक गर्नुहा्स् ।


क्याटेगोरी : भिडियो, राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस