गृहपृष्ठ ∕ भिडियो ∕ चीनसँग जोडिएको भोटेकोशीमा संक्रमण नियन्त्रणको विशेष व्यवस्था(भिडियो) चीनसँग जोडिएको भोटेकोशीमा संक्रमण नियन्त्रणको विशेष व्यवस्था(भिडियो) सिन्धु खबर जेठ १, २०७७ गते २०:४८ मा प्रकाशित तातोपानी । भोटेकोशी गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न कामहरु गर्दै आएको छ । गाउँपालिका छिर्ने नाकामा हेल्थ डेस्क राखेर गाउँपालिका भित्रनेको स्वास्थ्य परीक्षण थालेको गापाले सम्पुर्ण वडामा गएर जनचेतना जगाउँदै स्वास्थ्य परीक्षण गरेको छ । विदेशबाट आएकाको तथ्याकं संकलन गर्दै गापाले कोरोना परीक्षण पनि गरिसकेको अध्यक्ष राज कुमार पौडेलले जानकारी दिए । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाका सबै जनप्रतिनिधिहरु कोरोना संक्रमण नियन्त्रणको प्रयासमा अनवरत लागिपरेको उनको दावी छ । गाउँपालिकाले काठमाडौंमा अलपत्र परेको आठ सय जनाको उद्धार गरेको छ । फेरि पनि केही मानिस अलपत्र परेको भन्ने थाहा पाएकाले उनीहरुको उद्धार छिट्टै गर्ने गापाको योजना छ । त्यसैगरी भोेटेकोशीमा रहेको तातोपानी नाकामा अन्तराष्ट्रिय स्तरको हेल्थ डेस्क राखिएको छ । उक्त हेल्थ डेस्कमा डाक्टर खटाइएको छ । तातोपानी नाका खुलेसँगैं मानिसहरुको आवतजावत हुने सम्भावनालाई मध्यनजर गरी हेल्थ डेस्क राखेको अध्यक्ष पौडेलले बताए । गापाका अन्य ठाउँमा भने अनमीको नेतृत्वमा स्वास्थ्यकर्मी रहेका छन् । गाउँपालिकाले काठमाडौंमा रहेका र गापामै रहेका अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । विभिन्न सहृदयी मानिसहरुको सहयोगमा गाउँपालिकाले राहत वितरण गरेको हो । कोरोना संक्रमण विरुद्ध गाउँपालिकालाई संघीय सरकारले निर्देशन मात्रै प्राप्त भएको अध्यक्ष पौडेलले बताए । प्रदेश र संघीय सरकारसँग सहकार्य गरिरहेको तर सहयोग भनेर केही पनि नआएको उनले जानकारी दिए । गापाले विभिनन शिर्षकहरुबाट रकम निकालेर कोरोना रोकथामका कामहरु गरिरहेको छ । गापामा २० बेडको क्वारेन्टाइन तयारी अवस्थामा छ । अहिले गापामा शंकास्पद कोही बिरामी नदेखिएकाले त्यसको प्रयोग नभएको पौडेल बताउँछन् । क्याटेगोरी : भिडियो, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम