Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठपर्यटनप्राकृतिक सौन्दर्यता र सांस्कृतिका पहिचानको संगम हेलम्बु एकपटक पुग्ने कि ?(भिडियोसहित)

प्राकृतिक सौन्दर्यता र सांस्कृतिका पहिचानको संगम हेलम्बु एकपटक पुग्ने कि ?(भिडियोसहित)


हेलम्बु । हेलम्बु गाउँपालिका पर्यटकीय गन्तव्यको लागि उत्कृष्ट ठाउँ हो । हिमालको दृश्य, ह्योल्मो, शेर्पा, तामाङ जातिको बसोबास, रहनसहन र रितिरिवाजले पर्यटकहरु आकर्षित हुने गरेका छन् ।

यस ठाउँमा बिभिन्न समयमा धार्मिक गुरुहरुले ध्यान गर्ने गरेको किम्बदन्ती छ । त्यसैले यो क्षेत्र धार्मिक पर्यटकीय स्थलको रुपमा पनि चिनिन्छ । हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणिय जुगल हिमालको सन्निकट याङरीमा डाँडाको काखमा अवस्थित छ । हेलम्बु परापूर्वकालदेखि विशिष्ट पहिचान बोकेको ठाउँ हो । यहाँ राजाहरु घुम्न आउने गर्थे भन्ने कुरा इतिहाँसमा पढ्न पाइन्छ ।

आमा याङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टेघ्याङ जस्ता महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल यहाँ छन् । यहाँको ह्योल्मो संस्कृतिले सबैको मन लोभ्याउँछ । बौद्ध धर्मको बाहुल्यता रहेको यहाँ ल्होसार जस्ता चाडपर्व मनाइन्छ । हेरौ हेलम्बु शेर्माथानको मनमोहक दृश्य ।

 


क्याटेगोरी : पर्यटन, भिडियो
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार