बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजअमेरिकामा भोकभोकै बस्नुपर्ने अवस्था छैन् (भिडियो)

अमेरिकामा भोकभोकै बस्नुपर्ने अवस्था छैन् (भिडियो)


छिरिङ तेन्जिङ लामा,

काठमाडौं। हाल म अमेरिकाको न्यूयोर्कमा सपरिवार बसिरहेको छु । हामी सबै सुरक्षित नै छौं । तर समग्रमा यहाँको स्थिती अलि भयावह नै छ । यत्रो सुविधासम्पन्न र विश्वको महाशक्ति राष्ट्र भएर पनि अमेरिका एक्लो जस्तो छ । उ सम्पुर्ण सामाथ्र्य लगाएर कोरोना विरुद्ध जुधिरहेको छ । मृत्युदर र संक्रमण दर विश्वको तुलनामा बढि नै भए पनि पछिल्लो दिनहरुमा नियन्त्रण उन्मुख छ ।

अमेरिकामा लकडाउन लागु गरिएको छैन । तर सचेतना र सजगता गम्भिरता पुर्वक अपनाइएको छ । जनताको सचेतनाको स्तर र अनुशासन पनि उच्च छ । यहां अत्यावश्यक सेवा बाहेकका सबै बन्द छन् । हालसम्म १० लाख बढि संक्रमित र ७२ हजार भन्दा बढी अमेरिकी हरुको मृत्यु भएको छ । नेपाली मुलका लगभग दुई हजार संक्रमित छन् भने १५ जनाको मृत्यु भएको जानकारी  म सँग छ।

यहाँ हप्ता भर काम गर्ने र हप्तामै खाएर सक्ने प्रवृति छ । तर नेपालीहरुको बचत गर्ने बानीले अहिलेसम्म नेपालीहरु खासै समस्यामा छैनन् । तर विद्यार्थीहरुलाई अलि समस्या छ । उनीहरुसँग भएको पैसा सकिएको छ भने नेपालबाट पैसा पठाउने अवस्थापनि छैन् ।बैकहरु बन्दप्राय छन् । अहिले धेरैजसो नेपाली काम गरिरहेका छैनन् । धेरैले काम समेत गुमाएका छन् । समस्यामा परेकाहरुलाई व्यक्तिगत रुपमा र विभिन्न संघसंस्था जस्तै एनआरएन, सिन्धु वेलफेयर सोसाइटी लगायतका संस्थाहरुले ग्लोब्स, स्यानिटाइजर, मास्क र टाइनल औषधिहरू बाँडिरहेका छन् । अति प्रभावितको हकमा खाद्य सामग्रीहरू समेत सहयोग गरिरहेका छन् ।

अमेरिकी सरकारले पनि राहतको लागि अर्बौ रकम छुट्याइ बिभिन्न तहबाट राहत बांडेको छ । यहाँ भोकै मर्न पर्ने या उपचारै नपाउने भन्ने अवस्था छैन । अमेरिकी सरकारबाट दिने सेवाहरुमा अमेरिकन र गैरअमेरिकन भनेर कुनै भेदभाव छैन् । उपचार या अन्य सेवा नै होस सबैले पाएकै छन् । तर जनस्तरमा फाट्टफुट्ट रुपमा चिनियाँहरु प्रति अलि-अलि घृणाभाव देखिएको छ ।

हामी यहाँ सुरक्षित र सजग छौं । तर नेपालमा रहेका आफन्त र समस्त नेपालीहरुको चिन्ताले भने सताइरहन्छ । । लकडाउन गरिएको त छ तर पालना भएको छैन् भन्ने समाचारहरुमा सुनिन्छ । हामी अनुशासित भएनौ, हेलचक्रयाइ गर्यौ भने आगामी दिनमा भयावह अवस्था आउन पनि सक्छ । त्यसैले सचेत रहन म सबै नेपाली दाजु-भाइ, दिदीबहिनी, आमा-बुबालाई आग्रह गर्दछु ।

सानो प्रयासको रुपमा नै भए पनि सिन्धु वेलफेयर सोसाइटी अन्तरगत हामीले शिक्षा तथा स्वस्थ्य क्षेत्रमा विविध कार्यक्रमहरु गरिरहेका छौं । हामी सबै नेपालको क्षमता र स्वास्थ्यसेवाको अवस्थाबाट परिचित नै छौँ र आफै सजग हुनुको बिकल्प छैन । म सबै नेपालीहरुलाई सुरक्षित रहन आग्रह गर्दछु । यहाँ समस्यामा परेकाहरुलाई हामीले सिन्धु वेलफेयर सोसाइटीबाट सहयोग गरिरहेका छौं। त्यस्तो अप्ठ्यारोमा कोही हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ । विशेष त सिन्धुपाल्चोकबाट अमेरिका आएर समस्यामा पर्नुभएको छ भने तपाइहरुको साथमा सिन्धु वेलफेयर सोसाइटी छ । हामी तपाइहरुलाई सहयोग गर्छौ । हामी सबै सँगै रहेर यो लडाई लड्ने छौं ।
छिरिङ तेन्जिङ लामा, सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष हुन् ।

 


क्याटेगोरी : समाज, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!