गृहपृष्ठ ∕ भिडियो ∕ ‘कुरै नबुझी क्वारेन्टाइन बनाएन भनेर आलोचना भयो’–(भिडियो) ‘कुरै नबुझी क्वारेन्टाइन बनाएन भनेर आलोचना भयो’–(भिडियो) Sindhu Khabar वैशाख ८, २०७७ गते १३:१५ मा प्रकाशित बराम्ची, ८ वैशाख । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि जिल्लाका स्थानीय तहहरुले आइसोलेसन तथा क्वारेन्टाइन बनाएपनि जुगल गाउँपालिकाले निर्माण गरेन । उनले आइसोलेसन या क्वारेन्टाइन त्यत्तिकै नबनाएका हैनन् । त्यसका लागि जुगल गाउँपालिकामा मापदण्ड अनुसारको निर्माण गर्न नसकिने अवस्था भएकैले नबनाएका हुन् । तर, गाउँपालिकामा सुरक्षित आवास भने निर्माण भएको छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ भन्छन्, ‘यतिवटा आइसोलेसन अनि यस्तो क्वारेन्टाइन बनायौं भनेर प्रचार गर्नु उचित ठानिएन ।’ अन्य स्थानीय तहमा क्वारेन्टाइन भनेर बनाइएका कक्षहरु जस्तै सुरक्षित आवास जुगलमा रहेको उनको भनाई छ । जुगल गाउँपालिका स्वास्थ्यको क्षेत्रमा हेल्थ असिस्टेन्टको कमान्डिङमा छ । आइसोलेसन निर्माण गर्न स्वास्थ्यकर्मीमात्रै नभई स्वास्थ्य सामग्री पर्याप्त छैन । तर, क्वारेन्टाइनमा हुने सुविधाको सुरक्षित आवास भने छ । ‘क्वारेन्टाइन नबनाई के हेरेर बसेको भनेर आलोचना भयो बरु,’ उनले भने । कोरोना भाइरस नेपालमा भित्रिनु अगावै गाउँपालिकामा विद्यँलयमार्फत सचेतना अभियान चालिएको थियो । पाहुना नजाने र नोलाउने अभियान जुगलबाटै सुरु गरिएको हो । घरमै बस्ने, दुरी कायम राख्ने, हात धुने जस्ता सजगतामा बढी केन्द्रीत भएको अध्यक्ष होमनारायण बताउँछन् । ‘कोरोना शान्तिले जित्ने लडाईं हो ।’ उनले भने । क्याटेगोरी : भिडियो ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘वान डोर’ सिस्टमबाट विदेशबाट आएकाको उद्धार गर्न नसक्दा सिन्धुमा कोरोना… पूर्वमन्त्री बस्नेतले भने, ‘सरकारको लापरवाहीका कारण संक्रमणको अवस्था झन भयावह… पर्यटकीय सम्भावना र जलभण्डारको धनी भोटेकोशी ‘सेल्फ–क्वारेन्टाइनलाई प्राथमिकता दिएका छौं’ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे