यस्तो छ सिन्धुपाल्चोकमा ‘लकडाउन’ (भिडियो)

चौतारा, १ वैशाख ।
सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण रुपमा कार्यान्वयन भएको छ । बजार सुनसान छ । सुरक्षाकर्मीले कोरोना फैलन नदिन स्थानीयलाई घरबाट बाहिर निस्कन दिएको छैन । सडकमा कडा रुपमा सुरक्षा जाँच गरिएको छ । जिल्लाका सबै ठाँउमा सुरक्षाकर्मी परिचालित भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।
कोरोनाभाइरसको संक्रमणबाट जोगिन सरकारले लक डाउनको नीति अपनाएको हो । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले स्वीकार गरेका छन् ।
क्याटेगोरी : सिन्धु खबर टिभी
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस