बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजसिन्धुपाल्चोकका चालकले बिरामी बोक्न नमानेकै हो ? यस्तो छ वास्तविकता (अडियो रिपोर्ट)

सिन्धुपाल्चोकका चालकले बिरामी बोक्न नमानेकै हो ? यस्तो छ वास्तविकता (अडियो रिपोर्ट)


चौतारा, २४ चैत ।
एम्बुलेन्सले नटेरेपछि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले आफू चढ्ने सरकारी गाडी प्रयोग गरेर सदाबहार अस्पताल खाडिचौरबाट बिरामीलाई चौतारा लगेको सन्दर्भ अहिले बहसको विषय बनेको छ । सामाजिक सञ्जालमा प्रमुख तामाङले ज्यादै प्रशंसनीय काम गरेको कमेन्ट छ्यापछ्याप्ती छ ।

एम्बुलेन्स चालकले बिरामी बोक्न नमानेको प्रसंगले त्यतिकै प्राथमिकता पाएको छ । प्रमुख तामाङले बिरामीलाई आफू चढ्ने गाडीका पछाडि खुला ठाउमा राखेर खाडिचौरबाट चौतारा लगेको घटनाको आलोचना पनि शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख नै बिरामी खोज्न हि“ड्नु पर्ने अवस्था आउनु गम्भिर परिस्थिति हो । मुलुकलाई संकट परेको अवस्थामा एम्बुलेन्स चालकले बिरामी बोक्न नमानेको हो भने प्रशासनले उनीहरुमाथि कारबाही गर्छ कि गर्दैन ? कारबाही नगर्ने हो भने एम्बुलेन्स चालकमाथि लागेको आरोप असत्य सावित हुन्छ नै । असत्य भयो भने प्रशासन प्रमुख र जनप्रतिनिधिलाई अनावश्यक ‘प्रोपगाण्डा’ मच्चाउने छुट छ की छैन ?

एम्बुलेन्स उपलब्ध गराउने विषयमा जिल्ला रेडक्रसका मन्त्री कमलचरण कक्षपति र प्रमुख तामाङको भनाई पनि परस्पर बाझिएको छ । कक्षपतीले आफूले तामाङलाई ६ बजे भित्रै फोन गरेर एम्बुलेन्स तयार भएको जानकारी दिएको दावी गरेका छन् । त्यतिबेला तामाङले कक्षपतीलाई आफू गाडी लिएर हिडेकाले एम्बुलेन्स नचाहिने जवाफ दिएका थिए । तामाङले सिन्धुखबरसग आफू ६.३० मा चौताराबाट खाडिचौर हिडेको बताएका छन् ।

चालक भन्छन्, ‘लगाएको पिपिई फुकाले“’
काठमाडौंको थापाथली अस्पतालबाट सुत्केरी लिएर सिन्धुपाल्चोक फर्कैदै थिए । दोलालघाट आएपछि खाडिचौर सदाबहार अस्पतालबाट आइतबार एक जना बिरामी चौतारा ल्याउन फोन आयो । मैले सुत्केरी प¥याएर आउने बताए“ । सुत्केरी प¥याइसकेपछि बेलुकी ६ बजे पिपिई लगाएर बाह्रबिसेबाट हि“ड्न लाग्दा रेडक्रस चौताराबाट आफूलाई आराम गर्न भनेको चालक प्रकाश चौलागाइले बताए । ‘तर रेडक्रसले बिरामी लिनको लागि अर्को गाडीको व्यवस्था भएकाले नआउन भनेको रहेछ,’ उनले भने, ‘पछि सिन्धुपाल्चोकका एम्बुलेन्स चालकले बिरामी बोक्न नमानेको कुरा सुनियो ।’ चौलागाईले घटनाको जानकारी दि“दै भन्छन्, ‘यस्तो नचाहिने कुराप्रति आपत्ति जनाउ“छु ।’ ‘हामी बिमारीको सेवाका लागि काम गर्छौ । म जस्तो सुकै बिरामी बोक्न पनि तयार छु,’ उनले भने । ‘पीपीइ लगाएर ठिक्क परेको र चौताराबाट फोन आएपछि रोकिएको उनले बताए । उनी रेडक्रस सोसाइटी बाह्रबिसे शाखाको एम्बुलेन्स चालक हुन् ।
एम्बुलेन्सको अभाव देखाएर जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले चढ्ने सरकारी गाडी खाडिचौर पठाइको थियो । गाडी लिएर प्रमुख तामाङ, प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, जिल्ला प्रहरी प्रमुख (एसपी) प्रज्वल महर्जन र जनस्वास्थ्य प्रमुख दुर्गादत चापागाई खाडिचौर पुगेका थिए । अस्पतालबाट समन्वय समितिका प्रमुख तामाङ चढेको गाडीको पछाडिको खुला भागमा राखेर ज्वरो आएकी महिलालाई चौतारा लगिएको थियो । रातको चिसोमा ज्वरो र रुघाखोकी लागेको बिमारीलाई त्यसरी ल्याउँदा स्वास्थ्यमा थप असर पर्ने प्रतिक्रिया चौतारा अस्तापलका स्वास्थ्यकर्मीले दिएका थिए ।
प्रमुख तामाङले सिन्धुखबरसग भने, एम्बुलेन्स नपाएपछि आफ्नै गाडी लिएर गएको हु । रोग सर्ने डरले बिरामीलाई गाडीको पछाडि राखेको तर्क उनको छ । हाल बिरामीको चौतारा अस्पतालको आइशोलेसन बेडमा राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य सामान्य रहेको छ भने स्वाब परीक्षणका लागि आजै काठमाण्डौं पठाउने तयारी गरेको चापागाईले जानकारी दिए । लिसंखुपाखर– ६ की महिला उपचारका लागि आइतबार स्थानीय स्वास्थ्यचौकीमा आएकी थिइन् । चौकीले तत्कालै नै सदावहारमा ‘रिफर’ गरेको थियो ।
गापा अध्यक्ष कमल नेपालले बिरामीलाई स्वास्थ्य चौकीबाट एम्बुलेन्समा पठाइएको थियो । सदावहार ल्याउँदा उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले चिकित्सकले आइशोलेसनमा राखेर उपचार गर्न सुझाव दिएका थिए । खाडिचौरको आइशोलेसन तयारी अवस्थामा नभएपछि बिरामीलाई सदरमुकाम लैजाने तयारी गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण भन्ने बितिकै अन्य केही एम्बुलेन्सले बिरामी बोक्न नसक्ने बताएका थिए ।


क्याटेगोरी : समाज, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!