बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजकोरोनाबाट जनता जोगाउन के के गर्दैछ प्रहरी (भिडियो)

कोरोनाबाट जनता जोगाउन के के गर्दैछ प्रहरी (भिडियो)


चौतारा, २१ चैत ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)बाट सिन्धुपाल्चोकका जनतालाई सुरक्षित राख्न प्रहरीले विभिन्न अभियान सुरु गरेको छ । सुरक्षित स्थानमा आइसोलेसन, क्वारेन्टाइन स्थापना गर्न सहयोग गर्ने देखि लकडाउनमा बाहिर हिँडेकालाई सम्झाईबुझाई गर्ने गरेको हो ।
प्रहरी आफै सडकमा रहेर जनतालाई घरमा बस्न आग्रह गरिरहेको छ । संक्रमण फैलन नदिन विदेशबाट आएका नागरिकको खोजी गरेर सुरक्षित क्वारेन्टाइनमा राख्न प्रहरी गाउँ गाउँसमेत पुुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १६२ बेडको क्वारेन्टाइन र ३९ बेडको आइसोलेसन अहिले जिल्लामा छ । जनतालाई सुरक्षित गराउन प्रहरीले क्वारेन्टाइन र आइसोलेसनमा जोड दिएको छ ।


क्याटेगोरी : समाज, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!