गृहपृष्ठ ∕ भिडियो ∕ बाह्रविसेमा नगरपालिकाले घर भत्काउँदा झडप (हेर्नुहोस् भिडियो ) बाह्रविसेमा नगरपालिकाले घर भत्काउँदा झडप (हेर्नुहोस् भिडियो ) Sindhu Khabar माघ ३, २०७६ गते १५:०५ मा प्रकाशित बाह्रविसे, ३ माघ । बाह्रविसे बजारमा सडक अतिक्रमण गरि बनाइएका घर टहरा नगरपालिकाले भत्काउँदा झडप भएको छ । नगरपालिकाले डोजरको प्रयोग गरेर अतिक्रमण गरेर बनाएका बजारका घर टहरा विहान ८ बजेबाट भत्काउन सुरु गरेको थियो । स्थानीयले अवरोध गर्न खोजेपछि झडपको अवस्था आएको हो । टहरा भत्काउने क्रममा बाह्रविसेको खुर्सानीबारीमा झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए । स्थानीयकाअनुसार सामान्य विवाद हुँदा हात हालाहालकोसमेत अवस्था सिर्जना भएको थियो । यसअघि भत्काउनु भन्ने पटक पटक सार्वजनिक सूचना जारी गर्दासमेत स्थानीले घर टहरा नहटाएका डोजर प्रयोग गरिएको नगरपालिकाले जनाएको छ । अहिले नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधि, कर्मचारी, प्रहरीको उपस्थितिमा घर टहरा भत्काइएको हो । बजार कुरुप देखिने र सडक साँघुरो हुँदा दुर्घटना हुन सक्ने सम्भावित भएकाले अतिक्रमण गरेर बनाइएका घर टहरा हटाइएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए । सडक फराकिलो बनाउँदा जाम नहुने र दुर्घटना न्यूनीकरणमा सहयोग हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक राजेशकुमार दाहालले बताए । बजार क्षेत्र साँघुरो हुँदा जामको समस्या भएको उनको भनाई छ । क्याटेगोरी : भिडियो, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे