गृहपृष्ठ ∕ भिडियो ∕ इन्द्रावती ८ मा ११७५ मत खस्यो, यसरी भयो निर्वाचन (भिडियो) इन्द्रावती ८ मा ११७५ मत खस्यो, यसरी भयो निर्वाचन (भिडियो) Sindhu Khabar मंसीर १४, २०७६ गते १७:४७ मा प्रकाशित सिपापोखरे, १४ मंसिर । इन्द्रावती गाउँपालिका ८ मा भएको उपनिर्वाचनमा एक हजार एक सय ७५ मत खसेको छ । एक हजार चार सय चार मत मध्ये ८३.६९ प्रतिशत मत खसेको हो । यो वडामा यसअघि कांग्रेसले जितेको थियो । वडाअध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि यहाँ पुनः निर्वाचन भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११७५ मध्ये ५५५ महिला र ६२० पुरुषले मतदान गरे । गहतेस्थित चन्द्रावती आधारभूत विद्यालयमा मतदान गरिएको थियो । गाउँपालिकाको नवलपुरमा मतगणना गरिनेछ । वडाध्यक्ष पदको उपनिर्वाचनको लागि नेकपा, कांग्रेस, राप्रपा, समाजवादी पार्टी र राप्रपा संयुक्तले उम्मेद्वारी दर्ता गराएका थिए । पछि समाजवादी पार्टीबाट उम्मेद्वारी दर्ता गराएका प्रताप श्रेष्ठले उम्मेद्वारी फिर्ता गरेपछि वडाअध्यक्ष पदका लागि चार जना चुनावी मैदानमा होमिएका थिए् । नेकपाले स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित केदारनाथ आचार्यलाई पुनः उम्मेद्वार बनाएको हो । त्यसैगरी नेपाली कांग्रेसले पुराना राजनीतिक नेता अशोक तामाङ(राले)लाई उम्मेद्वार बनाएको छ । उनीहरुसँग क्रमशः राप्रपाका रणबहादुर तामाङ, र राप्रपा संयुक्तका ढकबहादुर श्रेष्ठ वडाअध्यक्षका लागि चुनावी मैदानमा उभिएका थिए । उक्त वडामा पहिलो स्थानीय तहको चुनावमा एक हजार १६ मत खसेको थियो भने ९ सय ४४ मत मात्रै सदर भएको थियो । क्याटेगोरी : भिडियो, राजनीति, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इन्द्रावतीमा सार्वजनिक बिदा चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? ८महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह