भिडियो र सात फोटोमा हेर्नुहोस् सुकुटे बस दुर्घटना

सुकुटे, १७ कात्तिक ।
अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पन्ध्र पुगेको छ । दोलखाको मुडे देउरालीबाट काठमाण्डौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदिमा खस्दा १५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दिउँसो सवा एक बजे भएको दुर्घटनामा अझैसम्म पनि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् । नदिमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिएपनि बसभित्र कोही नभेटिएको प्रहरीको भनाई छ । यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान छ । केही शवहरु खोलाले बगाएकोसमेत छ ।
बसमा ४० बढी सवार रहेका थिए । सिन्धु सहावहार अस्पताल खाडीचौरमा २० जनाको उपचार भइरहेको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा पनि घाइतेको उपचार भइरहेको छ । गम्भीर घाइतेलाई काठमाण्डौं लगिएको छ सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेकाअनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने छ । उनले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए । यात्रुलाई नदिले बगाएको हुन सक्ने भएकाले सुनकोशी नदिमा खोजीक्रम जारी छ ।
क्याटेगोरी : समाज, सिन्धु खबर टिभी
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस