गृहपृष्ठ ∕ भिडियो ∕ यस्तो छ १२ जनाको ज्यान जाने गरि भएको भोटसिपा दुर्घटना र उद्धारको पहल (भिडियो) यस्तो छ १२ जनाको ज्यान जाने गरि भएको भोटसिपा दुर्घटना र उद्धारको पहल (भिडियो) Sindhu Khabar असोज २४, २०७६ गते २२:५९ मा प्रकाशित भोटसिपा, १४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० स्थित भीमटारमा आज (शुक्रबार) विहान १२ जनाको ज्यान जाने गरी भयानक बस दुर्घटना भयो । दुर्घटनामा ५० बढी घाइते छन् । इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाण्डौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा चालकसहित १२ को मृत्यु भएको हो । पाँच जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । पाँच जनाको घटनास्थलमा , एकको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो भने एक गर्भवतीको कोखमा रहेको बच्चाको मृत्यु भएसँगै मृत्यु संख्या १२ पुगेको हो । घटनास्थलमै मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, काभ्रे पाँचखालकी संगीता पुर्काेटी, इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका बिनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य रहेका छन् । इन्द्रावती १० माइती भई हाल ललितपुरकी संगीता श्रेष्ठको उपचारका लागि लैजाँदै र्गा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनकाअनुसार उपचारको क्रममा धुलिखेल अस्पतालमा इन्द्रावती ९ की ४६ वर्षिया जुनादेवी लम्साल इन्द्रावती १० का २० वर्षिय गणेश तामाङ, इन्द्रावती १० का मिना मगर, सुवास अधिकारी र सुमित पुर्कोटीको मृत्यु भएको हो । घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल र इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले हेलिकोप्टरबाट घाइतेको उद्धार गरि उपचारका लागि धुलिखेल र राजधानी लगेका हुन् । दुलालले सेनाको हेलिकोप्टरबाट घाइतेलाई उपचारका लागि अस्पताल लगेका थिए भने वंशलालले व्यक्तिगत रुपमा हेलिकोप्टर चार्टर गरेका हुन् । क्याटेगोरी : भिडियो, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी भव्य भयो बाह्रविसेमा २८५७ औं सोनाम ल्होछार (भिडियो) इन्द्रावतीको ज्यामिरेमानेमा मनाइयो ल्होछार धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे