गृहपृष्ठ ∕ भिडियो ∕ रातभर चल्छ धावनमार्गमा सुधारको काम रातभर चल्छ धावनमार्गमा सुधारको काम admin वैशाख ११, २०७६ गते १६:०५ मा प्रकाशित काठमाडौँ — नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ‘रिह्याब्लिटेसन’ (सुधार)को काम राति १० देखि बिहान ८ बजेसम्म विमानस्थल नै बन्द गरेर भइरहेको छ । बर्खा सुरु हुनु अगावै धावनमार्ग सुधारको काम सक्ने लक्ष्य चिनियाँ निर्माण कम्पनी एभीआईसीले राखेको छ। दैनिक २२ घण्टासम्म खुल्दै आएको विमानस्थल चैत १८ (अप्रिल १) देखि २०७६ असार १५ (जुन ३०) सम्म बेलुकी १० देखि बिहान ८ बजेसम्म बन्द हुनेछ। काठमाडौंमा दैनिक ८० हाराहारी विदेशी उडान/अवतरण र २ सय ८० हाराहारी आन्तरिक उडान/अवतरण हुन्छन्। समयमै काम सकिए मध्य असारपछि चौबिसै घण्टा विमानस्थल सञ्चालन गर्न सकिनेछ। प्राधिकरणले २०३२ सालमा २ किलोमिटर धावनमार्गमा १ किमि थपेर तीन किलोमिटर बनाएको थियो। त्यसयता सामान्य मर्मतसम्भार गरिँदै आएको थियो। जीर्णोद्धार क्रममा हरेक रात १ सय ५० मिटर लम्बाइ तथा २५ देखि ६० मिटरसम्म चौडाइका दरले धावनमार्ग सुधारिनेछ। चिनियाँ कम्पनीले धावनमार्ग मात्रैको काम तीन महिनाभित्र सक्ने सम्झौता गरेको छ। ट्याक्सी-वे र ड्रेनलगायत पूर्वाधार सुधार्न १८ महिना दिइएको छ। कम्पनीले ३ अर्ब ७८ करोड रुपैयाँमा ठेक्का सकारेको छ। क्याटेगोरी : भिडियो तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘वान डोर’ सिस्टमबाट विदेशबाट आएकाको उद्धार गर्न नसक्दा सिन्धुमा कोरोना… पूर्वमन्त्री बस्नेतले भने, ‘सरकारको लापरवाहीका कारण संक्रमणको अवस्था झन भयावह… पर्यटकीय सम्भावना र जलभण्डारको धनी भोटेकोशी ‘सेल्फ–क्वारेन्टाइनलाई प्राथमिकता दिएका छौं’ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे