इन्द्रावती गाउँपालिकामा ५ बर्षमा गरेका उल्लेखेनिय कामहरु
इन्द्रावती गाउँपालिकामा ५ बर्षमा गरेका अनुकरणीय/उल्लेखनिय कार्यहरु निम्न छन :
१, न्यून साधान स्रोत र जनशक्तिका बाबजुद पनि ६० वटा भन्दा बढि ऐन कानूनहरु निर्माण भएकाे।
२, हरेक वडा कार्यालयसम्म ग्रावेल सहित सडक स्तरोन्नती गरि १२ महिना यातायात संचालनको व्यवस्था गरिएको ।
३, प्रत्येक वडा कार्यालयका आ-आफ्नै वडा भवनहरु निर्माण गरि सोहि भवनबाट सेवा प्रवाहको व्यवस्था गरिएको ।
४, हरेक गाउँगाउँमा सडक पहुँचको विस्तार गरी करिब १५ मिनेटको दुरमा सडक पहुँच विस्तार गरीएको।
५, ज्यामिरेमाने-नवलपुर सडक विस्तार तथा स्तरोन्नती तथा जिरो किलो-नवलपुर विस्तार सहित सडक कलोपत्रे
६, परम्परागत तथा आधुनिक शैली मिश्रित गाउँपालिकाको सुविधा सम्पन्न भवनबाट एकीकृत सेवा प्रदान ।
७, प्रविधिको प्रयोग र शान्ति सुरक्षाको निमित्त नवलपुर बजार क्षेत्रमा फ्रि wifi जोन तथा cctv को व्यवस्था ।
८, खानेपानीको क्षेत्रमा एक घर एक धारा कार्यक्रम लागु गरि करिब १६०० वटा खानेपानीका नयाँ धाराहरु जडान गरि खानेपानीको समस्या समाधान गरिएको ।
९, एक वडा एक खेल मैदानको अवधारणा अनुरुप प्रत्येक वडामा खेल मैदानको निर्माण गरिएको ।
१०, त्यसै गरी स्वास्थ्य तर्फ • पूर्ण खोप युक्त, पूर्ण साक्षरता, सुरक्षित मातृत्त्व, खुल्ला दिसा मुक्त गाउँ घोषणा भएको ।
११, विपद व्यवस्थापन तर्फ • ईन्द्रावती नदिको कटान रोकथामको लागि तटबन्धनको कार्य गरी बगर खेती लाइ प्रोत्साहन गरीएको ।
१२, विद्युतिय शासनको लागि • ई-हाजिरी, डिजिटल बडा पत्र, गाउँपालिका mobile app, राजश्च आम्दानी सफ्टवेयर, योजना सफ्टवेयर, दर्ता चलानी सफ्टवेयर, पञ्जिकरण सफ्टवेयर, सामाजिक सुरक्षा सफ्टवेयर, लेखा सफ्टवेयर, जिन्सी सफ्टवेयर ।
१३, शिक्षा तर्फ • IEMIS लगाएत विभिन्न सफ्टवेयरहरुको प्रयोग गरिएको ।
१४, सामुहिक तथा चक्लाबन्दी खेती प्रवर्द्धन कार्यक्रम ।
१५, सुरक्षित आवासको लागि बुढिचौर एकीकृत वस्ति विकास आयोजना ।
१६, कृषकलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत प्रति लिटर दुधमा रु.२ अनुदान
१७, कृषिमा यान्त्रीकरण प्रवर्द्धन कार्यक्रम अन्तर्गत विभिन्न कृषि मेसिन औजारहरु अनुदानमा वितरण ।
१८, युवा रोजगारी, स्थानीय उत्पादनलाइ प्रोत्साहन गर्न स्थानीय उद्यम प्रवर्द्धन कार्यक्रम अन्तर्गत उद्यमिहरुलाई व्याजमा ५० प्रतिशत अनुदान प्रदान ।
१९, शिक्षक अवकास प्रोत्साहन कार्यक्रम तथा पालिकाले आफ्नै स्रोतमा शिक्षक जनशक्ति व्यवस्थापन ।
२०, प्रविधिक शिक्षामा जोड दिदै माध्यामिक विद्यालयहरुमा ICT ल्याव स्थापना ।
क्याटेगोरी : सिन्धु खबर टिभी
तपाईको प्रतिक्रिया दिनुहोस