Techie IT
Monday, April 12,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठपर्यटनह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर)

ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर)


सिन्धुपाल्चोक । वरीपरी भव्य लेकाली जंगलबीच ह्योल्मो बस्ती, सुन्दरतम लेकाली भुगोलबीच आँखै लोभ्याउने सेताम्मे सिमिदाङ र अनेकौ हिमश्रृंखला । अनेकौ धार्मिकस्थल र पदमार्गले घेरिएको हेलम्बुको शिरभेग क्षेत्रको हिमाली भेगले रौनकलाई झनै मनमोहक बनाइदिएको छ । गुम्बैगुम्बाको सहर हेलम्बु क्षेत्रमा रहेको ५ हजार ६ सय ५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको मंसिर १८ गते नेरिका एडभेन्चरसका आरोही सतिस मान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले आरोहण गरे ।

पर्यटकीय प्रवद्र्धनको लागि हिमाल विज्ञविद र आरोहीको सुझावअनुरुप ‘हाई सर्किट ट्रेकिङ’ रुटको विकास गर्ने लक्ष्यकासाथ ५ हजारदेखि ६ हजार मिटर उचाइसम्म का हिमाल आरोहण खुल्ला गर्ने प्रक्रियामा जाने हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले जानकारी दिए । ‘हिमाली रुट विकास गरेर हेलम्बुलाई हिमाली पर्यटकीय हब बनाउने उदेश्य राखेका छौ,’शेर्पाले भने । सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको हेलम्बुमा भुकम्पअघिसम्म वार्षिक ३६ हजार पर्यटक पदमार्गको आनन्द लिँदै बस्तीदेखि विभिन्न धार्मिकस्थल अवलोकन गर्ने गर्दथ्ये । आहिले पूर्वाधार र धार्मिक मन्दिरको धमाधम निर्माण भइरहँदा दैनिक ५० पर्यटक आउने गरेका छन् ।

नेपालकै अत्यधिक पर्यटक जाने तेस्रो गन्तव्यको रुपमा मानिएको लाङटाङबाट पर्यटक भित्राउने लक्ष्य राखेको छ । लाङटाङको गन्जला पास गरेर गुरु रेन्पोछेको ने रहेको डुब्कु, आमायांग्री, शेर्माथान,हेलम्बु आउने वातावरण मिलाउने कार्यक्रम बनाइरहेको गाउँपालिकाले बनाएको छ ।
तस्विर सौजन्य: हेलम्बु गाउँपालिका


क्याटेगोरी : पर्यटन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार