गृहपृष्ठ ∕ पर्यटन ∕ भैरवकुण्डमा ट्रेल निर्माणको काम धमाधम भैरवकुण्डमा ट्रेल निर्माणको काम धमाधम सिन्धु खबर मंसीर २५, २०७७ गते २०:०६ मा प्रकाशित तातोपानी । भैरवकुण्डको विकास गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भोटेकोशी गाउँपालिकाले भैरवकुण्ड विकासको काम सुरु गरेको छ । भोटेकोसीले भैरवकुण्डको वरिपरि पर्खाल लगाएर त्यसको सुरक्षा गर्ने काम सुरु गरेको हो । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राज कुमार पौडेलका अनुसार कुण्डको दृश्यावलोकन गर्दै पर्यटकलाई पैदल हिड्न ट्रेलको निर्माण गरिनेछ । ‘भक्तजनहरु आउँदा पनि कुण्ड वरिपरि दर्शन गर्न निकै कठिन भएकाले पर्खाल लगाएर कुण्ड संरक्षण गर्ने काम सुरु भएको छ’, उनले भने, ‘कुण्ड वरिपरि पैदल हिड्ने ट्रेल निर्माणको काम पनि धमाधम छ ।’ मंसिर १५ बाट गाउँपालिकाले ५० लाख लागतमा उपभोक्ता समितिमार्फत काम सुरु गरिसकेको पौडेलले जानकारी दिए । सो काम यही आर्थिक वर्षमा सक्ने गाउँपालिकाको लक्ष्य छ । साथै गाउँपालिकाले शिव पार्वतीको मन्दिर बनाउने र दर्शनाभिलाषीलाई बस्न दुई वटा पाटी पनि निर्माण गर्दैछ । यसका साथै १३ करोड लागतमा हेलिप्याडसहितको अत्याधुनिक संरचना निर्माणका लागि पनि पुरात्तत्व विभाग र प्रदेश सरकारसँग कुरा भैरहेको अध्यक्ष पौडेलले जानकारी दिए । पुरातत्व विभागले ट्रेकिङ रुट निर्माणका लागि १ करोड छुट्याइसकेको छ । ट्रेकिङ रुट नयाँ पुलबाट सुरु भएर लिस्ती, छगाम, बगाम हुँदै भैरवकुण्ड पुग्दछ । डाक्लाङबाट ३३ किलोमिटर माथि रहेको भैरवकुण्ड बौद्ध र हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रबिन्दु हो । यहाँ प्रत्येक वर्ष जनैपुर्णिमामा भव्य मेला लाग्ने गर्दछ । यहाँ जे वर माग्यो त्यो प्राप्त हुने जनविश्वास छ । प्राकृतिक सुन्दरताले रमणीय भैरवकुण्ड सिन्धुपाल्चोकको चर्चित पर्यटकीय र धार्मिक स्थल हो । यहाँ पुग्न दुगुनागढीे, लिस्तीमाई जस्ता ऐतिहाँसिक र धार्मिक स्थलहरु पार गर्दै जानुपर्ने हुन्छ । क्याटेगोरी : पर्यटन ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) देउढुंगा : स्वर्ग उक्लने सिंढी (फोटोकथा) काष्ठकलामा लोभलाग्ने ह्योल्मो संस्कृति पाँचपोखरीमा पुजिँदै ‘जुग्रोरुङ’ शंख धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८फेरि बन्द हुने भयाे ताताेपानी नाका