Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठपर्यटनपाँचपोखरीमा पुजिँदै ‘जुग्रोरुङ’ शंख

पाँचपोखरीमा पुजिँदै ‘जुग्रोरुङ’ शंख


थाङपालधाप । पाँचपोखरी थाङपाल गाउँपालिका ६का शेर्पा र तामाङ समुदायले एक शंख आकारको ढुंगालाई आदियोगी देवाधिदेव महादेवको शंख मानेर पुज्ने गरेका छन् । दुई हजार ७ सय मिटरको उचाइमा रहेको थाङपालधाप लेखर्क थाम डा“डोस्थित शंख स्वरुपको ढुंगामा ध्वजापताका, त्रिशुल चढाएर पुजिने गरिएको हो ।

सो शंख आकारको ढुंगामा ड्राइगन आकृतिका केही कलात्मक घेरा छन् । गाउँवासीले यसलाई जुग्रोरुङ शंखको नाम दिएका छन् । ‘यह“ाको जुग्रोरुङ शंख अगाडि आउपुग्दा छुटै आनन्दको महसिस हुन्छ, यो पत्थररुपी शंखको महिमा पनि यस्तै छ,’ पाँचपोखरी थाङपाल गापा वडा ६ का अध्यक्ष मानबहादुर तामाङले भने । दुई हजार ५ सय वर्ष पुरानो मानिने जुग्रोरुङ शंख, पाचपोखरी र अचम्मको ‘ड्रागन गुफा’को सम्बन्ध ऐतिहासिक रहेकोले यसलाई पर्यटनमा जोड्दै पदमार्ग बनाउनमा कस्सिरहेको उनले सुनाए ।

थाङपाल गाउ“पालिकाले पुरानो ‘जुग्रोरुङ महादेवको शंखको गएको महाशिवरात्रीमा उत्खनन् गरेको थियो । यसबारे अन्य गहन र फरक रोचक तथ्य पत्ता लगाउन थप पुरातात्विक अध्ययन सुरु गरिने उनले उदाहरण दिए । ‘यो पत्ता लागेको मात्रै दुई हजार ५ सय वर्ष भयो, कति पुरानो हो भन्नै सकिन्न ।’ उनले भने ।

योग, तन्त्र मन्त्रदेखि संगीतका इष्टदेव मानिने नटराज शिवले सम्पूर्ण सृष्टीमा आत्म संगीतबाट उत्पन्न गरेपछि आफ्नो शंख, त्रिशुल तपस्यास्थलमा छोडेको जनश्रृति पाइन्छ । यो शंख फुके अनौठो आवाज आउने थाङपालधापका अगुवा ९२ वर्षे पाङदोर्जे तामाङले बताए । उनकाअनुसार दश वर्षअघि महाशिवरात्रीमा एक पटक मात्रै यो शंख फुकिएको थियो । त्यसबेला पाचपोखरी र हेलम्बुको सीमाक्षेत्र आमायांग्री, पाँचपोखरी वडा ८ मा रहेको नौलिंगेश्वरी मन्दिरदेखि पाँचपोखरीसम्म चर्को हावाहुरी चलेपछि स्थानीय आत्तिएका थिए । ‘त्यसपछि फेरि यो शंख फुकिएको छैन, महादेवजस्तै सिद्धपुरुषले मात्रै यो फुक्दा शुभ लक्षण जुर्छ ,नभए अन्यथा हुन्छ,’ उनले भने ।

पर्यटन पूर्वाधार विकासको लागि झण्डै डेढ करोड छुट्याएको पाँचपोखरीले पर्यटनलाई जोड दिदै पाँचपोखरी थाङपाल पर्यटन प्रवद्र्धन समिति बनाएको छ । महागुरु पदमसंम्भव, गुरु रेन्पोछेले तपस्या गरेको पवित्र शिलास्थल, प्राचिन रहस्यमयी ड्राइगनको चित्र अंकित ‘ड्राइगन गुफा’ र ‘जुग्रोरुङ शंखसम्म पदमार्गलाई जोड्ने योजना बनाइएको पाँचपोखरी थाङपाल पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष सुवास वाइबाले जानकारी दिए । ‘हालैलाई गाह्रो स्थानलाई सहज बनाएर ट्रेकिङ रुट बनाएका हौ, अन्य पर्यटकीय स्थानलाई केन्द्रबिन्दु बनाएर अगाडि बढाइरहेका छौ ।’ उनले भने ।


क्याटेगोरी : पर्यटन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!