Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठपर्यटनयसरी पुगिन्छ जुगलको बेस क्याम्प ‘नेपेमासाल’

यसरी पुगिन्छ जुगलको बेस क्याम्प ‘नेपेमासाल’


गुम्बा ।
जुगल गाउँपालिका ३ गुम्बामा अवस्थित जुगल हिमशृंखलाको बेस क्यापमा अहिले पर्यटकको आगमन हुन थालेको छ । राजधानी काठमाण्डौबाट करिब एकसय ४० किलोमिटर दुरीमा रहेको हिन्दु र बौद्ध धर्मको संगमस्थल नेपामासाल र यहाँबाट देखिने सुन्दरता हेर्नका लागि पर्यटक आउने गरेका हुन् ।
यो क्षेत्र जुगल हिमशृंखलाको आधार क्षेत्रमा पर्छ । अनेकौं प्राकृतिक छटाले भरिपूर्ण भएकै कारण अहिले यो क्षेत्रमा जाने पर्यटकको संख्या बढ्दै गएको छ । नेपेमासाल पर्यटकको नयाँ गन्तब्यको रुपमा परिचित हुँदै गएको पपर्यटन व्यवसायी मिलन तामाङ बताउँछन् ।
समुन्द्री सतहबाट तीन हजार पाँच सय मिटरको उचाईमा रहेको हिमाली क्षेत्रमा वरीपरी घना जंगलबीच लोभलाग्दो फराकिलो समथर मैदान । छेउमै टल्किरहेको जुगल हिमशृखला । तलतिर बगिरहेको कंञ्चन खोला । कलात्मक पहाड पर्वत, हिमाली काखमै रंगिन बनाएर फुलिरहेका अनेकन लेकाली फूल अनि जडीबुटी, समथर भेग होस्् या ठाडो पहाड सबैतरि चरिरहेका याक अनि चौरीका बथान ।
एकै ठाउँमा यो दुष्य भेट्न निकै मुस्किल पर्छ । तर, सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३स्थ्ति नेमेमासालमा भने यस्तो दुर्लभ दृष्य नांगो आँखाले हेर्न सकिन्छ । त्यसैले पनि नेपेमासाललाई अर्थात देवताको स्वर्ग भनिन्छ । बौद्ध धर्मग्रन्थअनुरुप ने भनेको तिर्थस्थल, पेमाको अर्थ कमलको फूलजस्तै र साल भने रंगले सजिएको वा वरीपरी सेतो रंगले सजिएको कमलको फूल आकारको तिर्थस्थल उपत्यका भनेर अथ्र्याइएको मानिन्छ ।
केही वर्षअघि देखि थालिएको जुगल हिमाल आरोहणले पनि यो क्षेत्रको प्रचारमा सघाएको छ । नेपमाशाल क्षेत्रको पर्यटन बिकास पछिल्लो चरणमा तिव्र रुपमा बढ्दै गएको हो । ‘जुगल हिमाल र नेपेमाशालको सौन्दर्यले पर्यटकलाई तान्न थालेपछि यहाँ आन्तरिक पर्यटक बढेका छन्, दुई पटकको आरोहणपछि आरोहीहरु यहा आउने क्रम बढ्दो छ ।’ उनले भने ।
०७५ चैत २९ मा जुगल हिमश्रृंखलाको ११ वटा चुचुरामध्ये ६ हजार एकसय ५१ मिटरको उचाईको ग्याल्जेन पिकको पहिलो पटक आरोहण गरिएको थियो । गएको कात्तिक ३ गते पनि काठमाण्डौबाट ७ दिनमा दोेश्रो पटक आरोहण भइसकेको उनले बताए ।

कसरी जान सकिन्छ नेपेमाशाल ?

बिस्तारै आरामसग हिड्नेको लागि
पहिलो दिन ः काठमाण्डौ–क्याङसिङ (२४९०मि) ६ प“ँच घण्टा गाढी
दोस्रो दिन ः क्याङसीङ–तेम्बाथाङ (२१९०मि) पा“च घण्टा पैदल
तेस्रो दिन ः तेम्बाथाङ–छेन्दाङ गुुम्बा (२६३६मि) पा“च घण्टा पैदल
चौथो दिन ः छेन्दाङ गुम्बा–नेपेमासाल (३५००मि) ५ घण्टा पैदल
पाँचौ दिन ः नेपेमासाल–बुम्बाशेर्बु बेसक्याम्प (४५०० मि.) ३ घण्टा पैद
अलि छिटो हिड्नेको लागि
पहिलो दिन ः काठमाण्डौ–क्याङसिं अर्थात गुम्बा (२४९०मि) ६ पा“च घण्टा गाढी्
दोस्रो दिन ः क्याङसीङ–दिप्पु (२२३९मि.) ७ घण्टा पैदल
तेस्रो दिन ः दिप्पु–नेपेमासाल (३५००मि) ९ घण्टा पैदल
चौथौ दिन ः नेपेमासाल–बुम्बाशेर्बु बेसक्याम्प (४५०० मि.) ३ घण्टा पैदल


क्याटेगोरी : पर्यटन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार