Techie IT
Tuesday, March 9,2021 / सोमबार, फागुन २४, २०७७
×
गृहपृष्ठपर्यटनपर्यटन प्रवद्र्धन गर्न काठमाण्डौं–तातोपानी साइकल यात्रा

पर्यटन प्रवद्र्धन गर्न काठमाण्डौं–तातोपानी साइकल यात्रा


तातोपानी । सिन्धुपाल्चोकको पर्यटन प्रवद्र्धनका लागि एक व्यक्तिले साइकल यात्रा गरेका छन् । भोटेकोशी गाउँपालिकाका छिरिङनुर्बु शेर्पाले काठमाण्डौंबाट तातोपानीसम्मको एकल यात्रा गरेका हुन् ।
शेर्पाले विहीबार ११ घण्टामा राजधानीबाट तातोपानीसम्मको यात्रा सम्पन्न गरेका थिए । राजधानीबाट नजिकै रहेर पनि यहाँको सौन्दर्य ओझेलमा परेको भन्दै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने हेतुले एकल साइकल यात्रा गरिएको उनले बताए ।
सिन्धुपाल्चोकमा साइकलबाट पनि यात्रा गरि आनन्द लिन सकिन्छ भन्ने उदाहरण चरितार्थ उनले गराएका हुन् । राजधानीबाटै साइकलको यात्राबाट सिन्धुपाल्चोक आएर बञ्जी, र्याफ्टिङ गर्ने देखि यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न सकिने उनको यात्राले देखाएको छ ।


क्याटेगोरी : पर्यटन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार