Techie IT
Saturday, February 27,2021 / शनिबार, फागुन १५, २०७७
×
गृहपृष्ठपर्यटनओ ! ‘नेपेमासाल’

ओ ! ‘नेपेमासाल’


गुम्बा ।
समुन्द्री सतहबाट तीन हजार पाँच सय मिटरको उचाईमा रहेको हिमाली क्षेत्रमा वरीपरी घना जंगलबीच लोभलाग्दो फराकिलो समथर मैदान । छेउमै टल्किरहेको जुगल हिमशृखला । तलतिर बगिरहेको कंञ्चन खोला । कलात्मक पहाड पर्वत, हिमाली काखमै रंगिन बनाएर फुलिरहेका अनेकन लेकाली फूल अनि जडीबुटी, समथर भेग होस्् या ठाडो पहाड सबैतरि चरिरहेका याक अनि चौरीका बथान ।

एकै ठाउँमा यो दुष्य भेट्न निकै मुस्किल पर्छ । तर, सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३स्थ्ति नेमेमासालमा भने यस्तो दुर्लभ दृष्य नांगो आँखाले हेर्न सकिन्छ । त्यसैले पनि नेपेमासाललाई अर्थात देवताको स्वर्ग भनिन्छ । राजधानी काठमाण्डौबाट करिब एकसय ४० किलोमिटर दुरीमा रहेको हिन्दु र बौद्ध धर्मको संगमस्थल नेपामासाललाई प्रसिद्ध तीर्थस्थलमा रुपमा लिइने गरिएएको हो । बौद्ध धर्मग्रन्थअनुरुप ने भनेको तिर्थस्थल, पेमाको अर्थ कमलको फूलजस्तै र साल भने रंगले सजिएको वा वरीपरी सेतो रंगले सजिएको कमलको फूल आकारको तिर्थस्थल उपत्यका भनेर अथ्र्याइएको मानिन्छ ।

शाक्यमुनी बुद्धपछिका दोश्रो बुद्ध भनिएका पदमसंम्भवा गुरु रेन्पोछेले आफ्नो बचनमा विश्वभरमा उत्तम दश भूमिमध्ये नेपामाशाल पहिलो रहेको उल्लेख गरेको र यहाँ आएर लामो समय तपस्या गरेर गुम्बा बनाएको जनश्रृति प्रचलित छ । यो क्षेत्र जुगल हिमशृंखलाको आधार क्षेत्रमा पर्छ । अनेकौं प्राकृतिक छटाले भरिपूर्ण भएकै कारण अहिले यो क्षेत्रमा जाने पर्यटकको संख्या बढ्दै गएको छ । नेपेमासाल पर्यटकको नयाँ गन्तब्यको रुपमा परिचित हुँदै गएको पपर्यटन व्यवसायी मिलन तामाङ बताउँछन् ।

केही वर्षअघि देखि थालिएको जुगल हिमाल आरोहणले पनि यो क्षेत्रको प्रचारमा सघाएको छ । नेपमाशाल क्षेत्रको पर्यटन बिकास पछिल्लो चरणमा तिव्र रुपमा बढ्दै गएको हो । ‘जुगल हिमाल र नेपेमाशालको सौन्दर्यले पर्यटकलाई तान्न थालेपछि यहाँ आन्तरिक पर्यटक बढेका छन्, दुई पटकको आरोहणपछि आरोहीहरु यहा आउने क्रम बढ्दो छ ।’ उनले भने ।

०७५ चैत २९ मा जुगल हिमश्रृंखलाको ११ वटा चुचुरामध्ये ६ हजार एकसय ५१ मिटरको उचाईको ग्याल्जेन पिकको पहिलो पटक आरोहण गरिएको थियो । गएको कात्तिक ३ गते पनि काठमाण्डौबाट ७ दिनमा दोेश्रो पटक आरोहण भइसकेको उनले बताए ।
जुगल गाउपालिकाले पर्यटकीय गुरुयोजनामा हिमालक्षेत्रसम्म पुग्ने पदमार्ग निर्माणसगै हजार जना अट्ने हजार गुफा, छेन्दाङ, नेपेमाशाल, बुम्बाशेर्बु, नेखर्क, ज्युठी, ब्रम्हायाणी नदीलाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा राखेको छ ।

५ हजार मिटरको ज्युठी, ४५ सय मिटरको ग्याप खर्क, ४२ सय मिटरको बुम्बाशेर्बु, ४५ सय मिटरको श्याबल पोखरी, ३३ मिटरको तोङक्युप गुफा र ३५ सय मिटरको नेपामाशाललाई गन्तव्य बनाएर दोश्रो पटक जुगल सफल आरोहण सकेको जुगल गाउपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताइन् । ‘दुई पटकको आरोहणसँगै जुगलक्षेत्रलाई विश्वभर चिनाउन अनेक अभियान र योजनालाई अगाडि बढाएका छौ ।’ उनले भनिन् । यसबाहेक जुगल हिमाल माउन्टेरिङ स्कुल प्रवद्र्धन, नया रुट निर्माणलाई मुख्य उदेश्यमा राखिएको उनले प्रष्ट्याइन् ।


क्याटेगोरी : पर्यटन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार