Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठपर्यटनहेलम्बुको सुन्दरता आकाशबाट हेर्न सकिने

हेलम्बुको सुन्दरता आकाशबाट हेर्न सकिने


चौतारा । हेलम्बुको आकाशमा प्याराग्लाइडिङ सुरु भएको छ । हेलम्बुको सुन्दरतालाई आकाशबाटै देख्नका लागि प्याराग्लाइडिङ परीक्षण सुरु गरिएको हो । रोयल्स फिटनेसको आयोजना र हेलम्बुको सहयोगमा हेलम्बुको आकाशमा प्याराग्लाइडिङ गरिएको छ । अहिले चाडवाडको मौसम पारेर प्याराग्लाइडिङ सुरु गरेपनि व्यवसायिक रुपमा यसलाई विस्तार गर्ने गाउँपालिकाको योजना छ ।

हेलम्बु देश विदेशमा चर्चित छ । सिन्धुपाल्चोकको स्वर्गको एक टुक्रा हेलम्बु हो । हेलम्बुको ऐतिहाँसिक, धार्मिक र सांस्कृतिक महत्व छ । गुम्बा, मठ मन्दिर, नदी नाला, झरना छाँगाले यो मौसममा हेलम्बु साँच्चिकै स्वर्ग जतिकै छ । प्राकृतिक सुन्दरताले सजिएको हेलम्बुको सुन्दरता हेर्न र पर्यटक प्रवर्धन गर्न व्यवसायिक रुपमै प्याराग्लाइडिङ गर्ने उद्देश्यले यसको परीक्षण उडान गरिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । यसअघि गत साल पनि हेलम्बुले परीक्षण उडान गरेको थियो ।


क्याटेगोरी : पर्यटन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार