Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठपर्यटनअँधेरी झरनासँग ‘सेल्फी र टिकटक’

अँधेरी झरनासँग ‘सेल्फी र टिकटक’


बाह्रविसे । पछिल्लो सातादेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको बाह्रविसे नगरपालिकामा रहेको अँधेरी झरना अहिले पर्यटकीय गन्तब्य बनेको छ । सञ्जालमा राखिएका फोटो हेरेर त्यहाँ पुग्नेहरु झरनासँग सेल्फी लिन र टिकटक बनाउनेसम्म गर्न थालेका छन् ।

सामाजिक सञ्जालमा तस्वीरहरु भाइरल भएपछि झरना हेर्न त्यहाँ पुगेका कान्तिपुरकर्मी अनिश तिवारीले झरनासँग सेल्फी लिए अनि सामाजिक सञ्जालमा पोष्टसमेत गरे । उनले सेल्फी मात्रै लिएनन् झरनामा टिकटकसमेत गर्न भ्याए ।
उनीजस्तै राजधानीबाट झरना हेर्न आउनेहरुले पनि सेल्फी खिचे, टिकटक बनाए । फेसबुकलगायतका सामाजिक सञ्जालमा आएका तस्वीरहरुले यहाँ आन्तरिक पर्यटकलाई तानेको हो ।


केही दिनदेखि यो झरनामा रमाउनेहरुको संख्या बढेको छ । अलौकिक झरनासँग सेल्फी लिन जिल्लाका विभिन्न स्थानबाट धेरै आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । यो झरना बाह्रविसे नगरपालिकाको वडा नं. ८ र ९ को सीमामा पर्छ ।
बाह्रबिसे नगरपालिकाको राम्चे र घुम्थाङको मुख्य नदी अधेरी खोलाको झरना हेर्ने योजना बनाएर राजधानीदेखि नजिकका अन्य पर्यटकसमेत आउने गरेको बाह्रबिसे नगर वडा ९ का अध्यक्ष सानु लामाले जानकारी दिए । ‘झरनाले पर्यटकीय आर्कषणलाई चौगुना बढाएको छ ।’ उनले भने । अँधेरीक्षेत्रको तल्लो भेगभर पौडी र बगरको पहरा चढ्दै झरनाको सौन्दर्य आनन्द लिन दैनिक ५० जना आउने गरेको उनले सुनाए ।
बाह्रबिसे नगर वडा ८ का स्थानीय स्वस्तिका नेपालकाअनुसार झरना हेर्न आउने पर्यटकलाई निश्चित दुरी कायम गरेर आवश्यक सहयोग दिइने गरिएको छ ।
बाह्रबिसे नगरपालिकाले झरनालाई पर्यटनसग जोड्न ‘क्यानोनिङ’ र भिरमा ‘रक क्लाइबिङ’ को योजना बनाइरहेको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले बताइन् । झरनापुग्नुअघि प्रवेशद्धार र झरना रहेको स्थानमा भ्यु बार बनाइएको छ । झरना अवलोकनको लागि पुग्नेलाई स्थानीयले गाउँवासीले कोशेलीले स्वागत गर्ने गर्छन् ।


क्याटेगोरी : पर्यटन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस