आईतबार, असोज ३१, २०७८
गृहपृष्ठपर्यटनविश्व सुन्दरी टोनी हिमाल र ह्योल्मो संस्कृतिबाट मोहित

विश्व सुन्दरी टोनी हिमाल र ह्योल्मो संस्कृतिबाट मोहित


हेलम्बु, २३ फागुन
शुक्रबार (आज) हेलम्बु गाउँपालिकाको घोप्टेघ्याङमा बिहान ९ बजे यस वर्षकी विश्व सुन्दरी टोनी एन सिंह एभरेष्ट एअरको हेलिकोप्टरबाट ओर्लने बित्तिकै चकित परिन् । आँखै अगाडि हिमाल अनि चीनको ग्रेट वाल जस्तै ग्रेट ट्रेल देखेपछि उनको प्रतिक्रिया थियो, ‘जिउँदैमा स्वर्ग देखियो, नेपाल साँच्चै सुन्दर रहेछ ।’
हेलम्बुको विभिन्न डाँडाहरु नियाल्दै उनले प्रकृतिको मज्जा लुटिन् । घोप्टेघ्याङबाट नजिकैको सिमिसिदाङ हिमाल हेर्दै उनले भनिन्, ‘म यो क्षण जीवनभर भुल्दिन, निकै अविष्मरणीय रह्यो यो यात्रा ।’ लामो समयपछि नेपाल आएर ‘हण्र्डेड डेस्टीनेशन’मा परेको हेलम्बुमा आइपुग्दा आफूलाई भाग्यमानी सोचेको उनको अनुभव छ । स्वर्ग भुलाउने हेलम्बुमा बनिरहेको ग्रेट ट्रेलले आफूलाई झनै दंग बनाएको सुनाउँदै उनले यसबारे प्रशंसा गर्न नसकिने प्रष्ट्याइन् ।
ग्रेट ट्रेलको एकसय १० मिटरको संरचना हेरेपछि उनले ह्योल्मो बौद्ध धर्म परम्पराअनुसार रेन्पोछ र गुरुहरुबाट अभिषेक छेजु आशिष लिइन् ।
हेलम्बु वडा ७ स्थित साबिक इचोकको सुरर्सिङमा पुगेर त्यह“ाको स्थानीय महाकालेश्वरी आधरभुत बिद्यालयका बालबालिकालाई भेट्दै काखमा लिएर स्नेह देखाइन् । सुरर्सिङमा आएलगत्तै हेलम्बु गाउँपाालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा, उपाध्यक्ष कोपिला पण्डित, हेलम्बु ७ का वडाध्यक्ष खेतनाथ घिमिरे र स्थानीयले ह्योल्मो परम्पराको दोसल्ला र रातम्मे लालीगुरा“सको फूलले सम्मान गरेका थिए । सुरसिंङमा एक स्थानीयको घरमा ह्योल्मो खाना खाएपछि उनी झनै दंग परिन् । ‘प्रकृतिले मोहित बनायो, खानाले लोभ्यायो ।’
उनीसहित मिस वल्र्ड सिइओ जुलियो मोर्ले, मिस वल्र्ड डाइरेक्टर स्टिभ डगलेससहित नेपाल सुन्दरी अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृखंला खतिवडा लगायतका १५ जनाको टोलीसहित आएका थिए । मिस नेपाल अनुष्का श्रेष्ठले हेलम्बु वडा ७ इचोकको सुरर्सिङमा चलाएको परियोजना हेरेर उनले गलैचा तानमा बसेर गलैचा बुन्न सिकाइरदा स्थानीय झनै दंग देखिए । त्यहाँ बालबालिका र महिलाको हितमा धुप र गलैचाजस्ता सिपमुलक अनेक तालिम दि“दै आएको नेपाल सुन्दरी अनुष्का श्रेष्ठले संञ्चारकर्मीलाई जानकारी दिइन् । यह“ाको अवस्थाबारे भिडियो र सूचना दिएर ब्युटि प्रपोज प्रतियोगिता गाउ“क्षेत्रको प्रस्तुतीले जितेपछि बिश्वसुन्दरी हेलम्बुमा आएको उनको भनाई छ ।
नेपाल सुन्दरी श्रेष्ठको परियोजनाअन्र्तगतको बौद्ध धर्ममा अपरिहार्य मानिने धुप उत्पादन गर्ने मेसिन र गलैचा बुन्ने तान अवलोकन गरेपछि विश्वसुन्दरीसहित सबै अतिथिलाई बिदा गरिएको हेलम्बु गाउ“पालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘ह्योल्मो धरोहर हेलम्बुको पर्यटकीय क्षेत्रमा यसरी स्वागत गर्न पाउँदा साह्रै खुशी भएका छौ,स्थानीयमा उल्लास छाएको छ ’उनले भने । पर्यटकीय गुरु योजनाअन्र्तगत ठुलो योजना ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’को डीपिआरसकेलगत्तै कामलाई तिव्र बनाइएको उनले प्रष्ट्याए ।


क्याटेगोरी : पर्यटन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!