शनिबार, असोज ६, २०८०
गृहपृष्ठपर्यटनविश्व सुन्दरी टोनीले हेलम्बुमा डेढघण्टा के के गरिन् ?

विश्व सुन्दरी टोनीले हेलम्बुमा डेढघण्टा के के गरिन् ?


सिन्धुपाल्चोक । विश्व सुन्दरी टोनी एन् सिं ले सिन्धुपाल्चोकको हेलम्बु ग्रेट ट्रेलको अवलोकन गरेकी छिन् । मिस नेपाल अनुष्का श्रेष्ठले हेलम्बु गाँउपालिका ७ सुर्सिङ मा सञ्चालन गरेको शिक्षा तथा जिविकोपार्जन परियोजना अनुगमनमा आएकी टोनीले ग्रेट ट्रेलको समेत अनुगमन गरेकी हुन् ।

टोनीले ग्रेट हिमालयन ट्रेलमा फोटो समेत खिचिन् । नेपाल प्राकृतिक सुन्दरताले भरिएको रहेछ, ‘उनले भनिन्, ‘हेलम्बु साँच्चै सुन्दर रहेछ ।’ ग्रेट हिमालयन ट्रेल झन् सुन्दर रहेको प्रतिक्रिया उनको थियो । हेलम्बुलाई पर्यटकीय गन्तब्य बनाउन लाग्न उनले सबैलाई आह्वान गरिन् ।

मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष मोर्लि सहित आएकी टोनीको टोली ग्रेट ट्रेलको अवलोकन पछि सुर्सिङ गाउँ गएको थियो । सुर्सिङ गाउँमा टोलीलाई स्थानीय लामा समुदायले भव्य स्वागत गरेका थिए । त्यहाँ उनले नेपाली खाना ढिँडो र गुन्द्रुक खाइन् । ह्योल्मो क्षेत्रको लोकप्रिय खाना खाप्से, साग र आलुको स्वाद चाखिन ।

मिस नेपाल श्रेष्ठको सहयोगमा सञ्चालित गलैँचा बुन्ने तालिमको अवलोकन गरिन् । स्थानीय रुपमा उत्पादन भइरहेको धुपी उद्योगमा उनले धुप बनाएर स्थानीयलाई उत्प्रेरित गरिन् । मिस नेपाल २०१९ की श्रेष्ठले सुर्सिङको महाँकालेश्वरी आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेकी छिन् । साथै उनले सो विद्यालयमा ३ जना शिक्षक समेत सहयोग गरेकी छिन् ।

जिविकोपार्जन तर्फ भने गलैंचा बुन्ने, धुप बनाउने तथा मैनबती बनाउने तालिम दिँदै कच्चा सामाग्री समेत प्रदान गरेकी छिन् । उत्पादित सामाग्रीको बजार व्यवस्थापनमा समेत परियोजनाले नै सहयोग गरेको छ । सो अवसरमा अनुष्काको प्रजेक्टका लागि मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्लिले २० हजार डलर सहयोग गर्ने घोषणा गरिन् । मिस वर्ल्ड टोनीले नमूना विद्यालय मेलम्चीघ्याङ माविको पनि चासोपुर्वक अवलोकन गरिन् ।

नेपाल भन्ने देश संसारमा छ कि छैन् भन्ने अवस्था भएको समयमा मिस वर्ल्डको ग्रेट हिमालयन ट्रेल भ्रमणले आफू निकै खुशी भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ‘नेपाल भन्ने देश छ कि छैन भन्ने थियो अहिले विश्वलाई चिनाउन पाए खुशी छु’ उनले भने ।

‘मिस वर्ल्डको ग्रेट ट्रेल भ्रमणलाई ठूलो अवसरमा लिएको छु अध्यक्ष शेर्पाले भने, यो भ्रमणले हेलम्बुको मात्रै होइन नेपालकै प्रर्यटन प्रबर्धमा ठूलो सहयोग पुग्छ ।’ सो अवसरमा मिस नेपाल २०१८ की श्रृखला खतिवडाले एक सय मिटर ग्रेट हिमालयन ट्रेल निर्माणमा सहयोग गर्ने बचन दिइन् ।

हिडन ट्रेजरको वार्षिक उत्सवको निमन्त्रणमा मिस वर्ल्ड टोनी सहितको टोली नेपाल आएको हो । यो क्रममा उनीहरुले मिस वर्ल्डको ‘ब्युटी विथ द पर्पस’ पोजेक्टको अवलोकन गर्ने कार्यक्रमपनि तय भएको हो । २०१८ की मिस नेपाल खतिवडा र २०१९ की श्रेष्ठ दुवैले यो अवार्ड जितेका थिए । टोनीसहित मिस वल्र्ड अर्गनाइजेशनकी अध्यक्ष मोर्ली, २०१८ की मिस नेपाल खतिवडा, २०१९ की मिस नेपाल श्रेष्ठको टोली त्यसैको सिलसिलामा हेलम्बु आएका हुन् ।

हेलम्बुमा डेढ घण्टा बिताएको टोनी सहितको टोलस् लगत्तै मिस नेपाल खतिवडाको प्रोजेक्ट हेर्न मकवानपुर उडेको थियो । खतिवडा र श्रेष्ठको ‘ब्युटी विथ द पर्पस’ प्रोजेक्टका लागि हेलम्बु र मकवानपुर छानिएको थियो । विश्व सुन्दरी आउने खबर पाएपछि हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले भ्रमणको व्यवस्थापन मिलाएका थिए । आजै राति दुई बजे टोनी स्वदेश जमैका फर्कने कार्यक्रम छ ।


क्याटेगोरी : पर्यटन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!