बुधबार, असोज १७, २०८०
गृहपृष्ठपर्यटनसाढे आठ करोडको लागतमा हिलस्टेशन निर्माण सुरु

साढे आठ करोडको लागतमा हिलस्टेशन निर्माण सुरु


अस्मी स्याङतान

चौतारा, ६ माघ ।

पर्यटकीय क्षेत्रको विकास गर्ने नीति अनुरुप लिसंखुपाखर गाउँपालिकामा हिल स्टेशन निर्माणको सुरुआत गरिएको छ । गाउँपालिकाको पर्यटकीय क्षेत्र मुडेमा आठ करोड पचास लाख रुपैयाँको लागतमा हिलस्टेशन बन्न लागेको हो

बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बन्न लागेको हिल स्टेशनको शिलान्यास गरे । चालु आर्थिक वर्षको लागि ३ करोड ५० लाखको टेण्डर सम्पन्न भईसकेको छ । बहुवर्षिय योजना अनुसार हिलस्टेश निर्माण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

हिल स्टेशन भित्र सामाजिक लजका साथमा अरु पर्यटकीय आकर्षणका विभिन्न केन्द्रको निर्माण गरिनेछ । हिल स्टेशन भित्र पिकनिक स्पोट, गार्डेन, बाल उद्यान लगायतका महत्वपूर्ण आकर्षक संचरना बन्ने प्रमुख प्रशासकीय अधिकृत दुलालले बताए । मुलखर्क सामुदायिक वनको जग्गामा आकर्षक तरिकाले हिल स्टेशन निर्माण सम्पन्न भएसँगै पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने गाउँपालिका  अध्यक्ष कमल नेपालले दाबी गरे ।

दोलखाको सीमा गाउँमा हिलस्टेशन बन्ने भएपछि दुई जिल्ला बीच थप सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ । सीमा जोडिएको दोलखाको शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले यो परियोजनाले सिन्धुपाल्चोकसंगै दोलखा भित्रने पर्यटकलाई समेत वृद्धि गर्ने उल्लेख गर्दै खुशी ब्यक्त गरे । लिसंखुपाखर गाउँपालिकाले पर्यटन विकासको निति अनुसार लिसंखुमा ताल निर्माणलगायतका महत्वपूर्ण परियोजनामा काम सुरु गरेको छ ।


क्याटेगोरी : पर्यटन
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!