गृहपृष्ठ ∕ पर्यटन ∕ हेलम्बुमा साहसिक क्यानोकिङ खेल हेलम्बुमा साहसिक क्यानोकिङ खेल Sindhu Khabar माघ २, २०७६ गते २१:२५ मा प्रकाशित लक्ष्मण विष्ट हेलम्बु, २ माघ सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका १ तिम्बुमा गत मंगलबार साहसिक खेल क्यानोकिङ सम्पन्न भएको छ । हेलम्बु क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देस्यका साथ आयोजित उक्त खेलमा ३ जनाले ११६ फिट अल्को झरनावाट झरेर खेल देखाएका थिए । हेलम्बु गा.पा २ का सोनाम लामाको नेतृत्वमा रहेको टोलीका ३ जनाले साहसिक खेलको प्रदर्शन र सहभागिहरुलाई अभिमुखिकरण गरेका थिए । सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको आयोजना र हेलम्बु गाउँ पालिकाको समन्वयमा आयोजित उक्त कार्यक्रम हेलम्बु गाउँपालिकाका अध्यक्ष श्री निमाग्याल्जेन शेर्पा, वडा अध्यक्षहरु, हेलम्बु पर्यटन क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थिहरु, शिक्षकहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र स्थानिय समुदाय समेत १५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि हेलम्बु गाउँपालिकाका अध्यक्ष श्री निमा ग्याल्जेन शेर्पाले सिन्धुपाल्चोक जिल्लामा क्यानोविङ खेलको धेरै सम्भावना हुँदा हुदै पनि छायाँमा परेको थियो । पहिलो पटक यो खेलको साहसिक खेलको आयोजनाले हेलम्बु क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान गर्ने छ । अव साहसिक खेललाई व्यवस्थित गरेर अगाडी ल्याउन सकेमा यस क्षेत्रको आर्थिक विकासमा कोेशे ढुंगा सावित हुनेछ । तिम्बु बजारको पारीपट्टि रहेको यो झरनामा आवत जावत गर्नको लागि मेलम्ची खोला तर्नु पर्ने भएकोले तत्कालै यस ठाउँमा झोलुङ्गे पुल हाल्ले प्रतिवद्धता समेत अध्यक्षले जनाएका थिए । कार्यक्रममा सिडिइसिएफ का कार्यकारी निर्देशक गोविन्द प्रसाद सापकोटाले आगामी दिनमा यस झरनासम्म आवत जावत गर्न सहजताको लागि साहसिक खेल पे्रमीहरुसंग छलफल गरेर थप सुधारका कार्यहरु गर्ने प्रतिबद्धता जनाए । त्यसै गरी जलवायु शिक्षा कार्यक्रम सहयोगी संस्था एटमस फेयरका व्यवस्थापक विमल विश्वकर्माले जलवायु शिक्षा र पर्यटन प्रवद्र्धनका क्रियाकलाप संगसंगै अगाडी बढाउनु पर्ने र यस्ता क्रियाकलापहरुमा गाउँ पालिकासंग छलफल गरेर थप सहकार्य गर्ने वारे जानकारी गराए । हेलम्बु क्षेत्रमा जलवायु शिक्षा कार्यक्रमसंगै नेपाल सरकारले निर्धारण गरे अनुरुप भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि “सुन्दर हेलम्बु घुमौं रमाऔं” भन्ने नाराको साथ साहसिक खेलको आयोजना गरिएको कुरा जलवायु शिक्षा कार्यक्रमका संयोजक मधुसुदन सापकोटाले बताएका थिए । क्याटेगोरी : पर्यटन ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘नमस्ते’ आमायांग्री (फोटोफिचर) जब रिन्पोछे नाच्दै गुम्बाबाट निक्लिए (फोटोफिचर) ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) भैरवकुण्डमा ट्रेल निर्माणको काम धमाधम धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे