सिन्धुपाल्चोकमा गरियो भ्रमण वर्ष सुरुआती कार्यक्रम

चौतारा, १६ पुस ।
भ्रमण वर्ष २०२०मा सिन्धुपाल्चोकमा पर्यटन भित्र्याउनका लागि विभिन्न कार्यक्रमहरु भएको छ । इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका, पाँचपोखरी थाडपाल गाउँपालिका, भोटेकोशी गाउँपालिकालगायतले कार्यक्रम गरेका हुन् ।
इन्द्रावती गाउँपालिकाले आफूले पहिचान गरेका ७ वटा पर्यटकीय गन्तब्यमा पर्यटन प्रवद्र्धनका लागि यात्रा गरेको छ । भीमटारको भीमसेन मन्दिरबाट सुरु भएको यात्रा नौलिङ्गेश्वर महादेवमा पुगेर टुगिंएको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले नौलिङ्गेश्वर महादेव,नवलपुर भीमसेन, रणनैनेश्वर महादेव, बुद्धविहार, रानीओडार, बुढीचौर र भीमटार भीमसेनलाई उत्कृष्ट पर्यटकीय गन्तब्यको सूचीमा राखेको थियो । भ्रमण वर्षको सुरुआत गर्दै यी स्थानमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षलगायत अन्य जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीले पर्यटन प्रवद्र्धनका लागि यात्रा गरेका थिए ।
गाउँपालिकाले भूमण वर्ष सफल बनाउनका लागि वर्षभर साँस्कृतिक कार्यक्रम, खाना महोत्सवलगायत कार्यक्रम गर्ने अध्यक्ष बंंशलालले जानकारी दिए ।
त्यस्तै पाँचपोखरी थाडपाल गाउँपालिकाले गाउँपालिका सिमाना खाल्डेबाट पर्यटकीय स्थल नागीडाँडासम्म पदयात्रा गरेको थियो । नागीडाँडा पुगेर ह्योल्मो संस्कृतिको झाँकीसहित भूकम्पमा मृत्यु भएकाहरुको स्मृतिमा दीप प्रज्वलन गरेको थियो । त्यस्तै भोटेकोशी गाउँपालिकाले चिनियाँ पर्यटकलाई स्वागत गरेको थियो ।
क्याटेगोरी : पर्यटन
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस