Techie IT
Sunday, August 1,2021 / आईतबार, साउन १७, २०७८
×
गृहपृष्ठपर्यटनगुफाडाँडामा जलवायू दिवश मनाइने

गुफाडाँडामा जलवायू दिवश मनाइने


मेलम्ची, ९ पुस ।

गएको पुस १५ देखि १७ सम्म राष्ट्रिय जलवायु सम्मेलन भएको मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष राष्ट्रिय जलवायु दिवस मनाईने भएको छ ।

गत बर्षको त्यस अवसरलाई स्थायित्व गर्न र उक्त ठाँउको प्रचारको लागि पुन यसबर्ष पनि पुस १८ गते जलवायु दिवसका अवसरमा गुफाडाँडामा विविध कार्यक्रम गर्न लागिएको हो ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जलवायु दिवस, शैक्षिक सम्मेलन तथा भ्रमण बर्ष २०२० मनाउने उद्देश्यले गर्न लागिएको जानकारी दिए । उक्त कार्यक्रममा गत बर्षको झै ७८ वटा झण्डा फहराउने भएका छन् । ७७ वटै जिल्लाका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा ७७ र नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले १ गरि कुल ७८ वटा झण्डोत्तलन गर्ने, पालिका स्तरिय वत्तृत्वकला गर्ने,लजलवायु प्रतिमामा पुष्पगुच्छा समेत अर्पण गर्ने तथा साग खेलमा स्वर्ण पदक जित्ने सिन्धुपाल्चोकका सम्पुर्ण खेलाडीलाई सम्मान गरिने छ ।


क्याटेगोरी : पर्यटन, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!