गृहपृष्ठ ∕ पर्यटन ∕ इन्द्रावतीको चन्द्रावतीमा हरिबोधिनी एकादशी मेला इन्द्रावतीको चन्द्रावतीमा हरिबोधिनी एकादशी मेला Sindhu Khabar कात्तिक २२, २०७६ गते १८:५१ मा प्रकाशित सिपापोखरे, २२ कात्तिक । इन्द्रावती गाउँपालिका मा रहेको धार्मिक स्थल चन्द्रावती मन्दिरमा बिशेष लागेको छ । मेला एवम पूजा गर्नेहरुको भीड लागेको छ । २ दिनसम्म चल्ने धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल इन्द्रावती ८ सिपापोखरेमा हरिबोधिनी एकादशीको अवसरमा लागेको मेलामा दर्शनार्थीको भीड लागेको छ । चन्द्रावती मन्दिर संरक्षण समितिले हरिबोधिनी एकादशीको अवसरमा लाग्ने भजनकृतन तथा मेलाको ब्यवस्थापन गरिरहेको छ । मन्दिरमा आसपासका स्थानीयहरु विहानैदेखि पूजाका साथै मेला अवलोकनका आएको समितिले जनाएको छ । अहिले इन्द्रावती गाउँपालिका क्षेत्रभित्रमा पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्विक महत्वका बस्तु र स्थानहरुको संरक्षण, सम्र्बधन र प्रचार(प्रसारको काम भइरहेको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिए । भुकम्पले क्षतिग्रत बनेको यस मन्दिरको पुर्ननिर्माणको लागि गाउँपालिका ले ३० लाख, संसदिय बिकास कोषबाट १० लाख, वडा नम्बर ८ बाट ४ लाख बजेट विनियोजन भएको थियो भने स्थानीयहरुले १० लाख रकम संकलन गरी मन्दिर निर्माण कार्य सम्पन्न गरेका छन् । नेवारी समुदायको बाक्लो बस्तीरहेको यस भेगमा हरिबोधिनी एकादशी मेला संगै बिस्केट जात्राको समयमा पनि ठुलो मेला लाग्ने गरेको छ । २ दिन सम्म लाग्ने मेलाको अबसरमा मन्दिर संरक्षण समितिको निमन्त्रणमा गाउँपालिका अध्यक्ष बंशलाल तामाङ पनि मेला अबलोकनको लागि चन्द्रावती मन्दिर परीसरमा पुगेको अध्यक्षका स्वकीय सचिब दिनेश चौलागाईले बताए । हरिबोधिनी एकादशी कै अबसरमा सिन्धुपाल्चोकका बिभिन्न स्थानका मन्दिरहरुमा पनि बिशेष मेला लाने गरेको छ । क्याटेगोरी : पर्यटन ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) भैरवकुण्डमा ट्रेल निर्माणको काम धमाधम देउढुंगा : स्वर्ग उक्लने सिंढी (फोटोकथा) काष्ठकलामा लोभलाग्ने ह्योल्मो संस्कृति धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे