तौथलीमा मात्र मनाइने अनौठो दही जात्रा

दिपक खत्री, तौंथली, असोज १३ ।
यसपालीको दसैं विदामा तपाईका लागि नौलो गन्तब्य सिन्धुपाल्चोकको तौथली बन्न सक्छ । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउपालिका ५ नम्बर वडा तौथली त्रिपुरा सुन्दरी देवीको मन्दिरमा हरेक सालको दसैंमा झै यसपाला पनि असोज २२ गते टिकाको भोलिपल्ट दहि जात्रा लाग्दै छ ।
तौथली सिन्धुपाल्चोकको पुर्वि उत्तरी भागमा अवस्थित छ । तौथलीमा प्राचीन तथा ऐतिहासिक महत्व बाकेको त्रिपुरा सुन्दरी देविको मन्दिर छ । विशेष गरी वडा दशैको एकादशिको दिन यँहा ठुलो मेला लाग्दछ । भक्तजनहरु मनोकांक्षा पुरा हुने विस्वासका साथ त्रिपुरा सुन्दरी देविको दर्शन गर्न टाडा टाडाबाट आउने गर्दछन् । भक्तजनहरु मनले चिताएका आंकाक्षा पुरा होस् भनेर भाकल गर्छन् । फेरी भाकल पुरा भएपछि पनि आउने गरेका छन् ।
वडा दशैको दिन नेपालमा कहि नभएको दहि जात्रा तौथलिमा लाग्छ । होलि झै दहि छ्यापाछ्याप गरेर उत्सवको रुपमा मनाउने चलन रहेको स्थानिय भक्त बहादुर श्रेष्ठ बताउँछन् । । किंवदन्ती अनुसार देवी दुर्गाले राक्षसहरू विनास गरेको खुसियालीमा यो जात्रा मनाइँदै आएको छ। अचम्मको कुरा, यहाँ कुनै तिथिको परबाह हुन्न । फुलपातीदेखि गन्ती गरेर पाँचौ दिनमा अर्थात टीकाको भोलिपल्ट जसरी पनि यो जात्रा मनाईन्छ । दसैंमा नवमी र दशमीलाई एकै दिन मनाएका यस अगिका केहि दशैका वषर्मापनि यहाँ कुनै तिथिको परबाह नगरी फुलपातीदेखि गन्ती गरेर पाँचौ दिनमा अर्थात टीकाको भोलिपल्ट जसरी पनि यो जात्रा मनाईदै आएको छ ।मेला हेर्न तौथलिमा विभिन्न ठाँउबाट भक्तजन आउने गर्दछन् ।
दहि जात्रालाई ब्यवस्थित गर्न गाँउपालिकाले तयारी सुरु गरेको त्रिपुरासुन्दरी गाँउपालीका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिए। दहि जात्रामा गएका वर्षमा एकैपटक ६४ जनालाई देउता चढेका गत वर्ष मेला भर्न जानुभएका रिजन श्रेष्ठले बताएका छन् । जात्रा सुरु हुनअघि बाँसको लिङ्गोमा त्यहाँ आएका भक्तजनहरुले महिलाले लगाउने सौभाग्यको सामान र चोलीहरु बानिँने गरीन्छ । लिंगोको छेवैमा भेला भएका स्थानीयहरु हात(हातमा खुँडा र हतियार लिएर मन्दिर अगाडि हाहाहुहु गर्दै कराउँने गर्दछन् । त्यसपछि हातमा हतियार लिएर , जसलाई देउता चढेको हुन्छ पालै पालो मन्दिरबाट बाहिर निस्कँने गर्दछन् । यहाँका स्थानीयहरु यसलाई हतियार जात्राको रुपमा लिने गर्दछन् । त्यसपछि हातहतियार लिएका मानिसहरु र देवीको प्रतिमा स्वरुप बनाइएको बाँसको लिङ्गोलाई बाजागाजासहित बजार परिक्रमा गराईने प्रचलन छ ।
बजार परिक्रमापछि अर्को अनौठो दही जात्रा सुरु हुने गर्दछ । किंवदन्ती अनुसार राक्षसहरु सखाप पारेर फर्केको देवगढ र देवीहरु रगतले रातै भएको हुनाले दहीले छ्याप्ने प्रचलन चलिआएको हो। दहि जात्रा सकिएपछि विधिवत रुपमा तौथली माई अर्थात त्रिपूरा सुन्दरी माइको जात्रा यो वर्षको लागि सकिँने प्रचलन छ ।
क्याटेगोरी : पर्यटन, समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस