एकिकृत घुम्ती शिविरमा सेवाग्राहीको भीड

हेलम्बु, ९ असोज ।
जनतालाई घर दैलोमै सेवा प्रदान गर्न आयोजना गरिएको एकिकृत घुम्ती शिविरमा सेवाग्राहीको भीड लागेको छ । हेलम्बु गाउँपालिकाको किउलमा दुई दिन सम्म चल्ने एकिकृत शिविरमा स्थानीयको भीड लागेको हो ।
शिविरमा नागरिकता, मतदाता परिचय पत्र वितरण गरिने प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । ‘शिविरप्रति सेवाग्राहीको चासो छ,’ उनले भनिन्, ‘गाउँमै सरकारी सुविधा पाउने भएपछि स्थानीयवासी उत्साहित छन् ।’ सेवा सुरु गरिएको एक घण्टामै ८० वटा नागरिकता वितरण गरिसकिएको उनले जानकारी दिइन् ।
हेलम्बु गाउँपालिकाको समन्वयमा गरिएको शिविरमा स्वास्थ्य परीक्षणसमेत गरिएको छ । ब्लड प्रेसरदेखि गर्भवती जाँच समेत गरिएको छ । कृषि सेवाका लागि कृषि ज्ञान केन्द्र धुलिखेलबाट विज्ञहरु शिविरमा सहभागी छन् । शिविरमा पशु सेवालगायत अन्य सुविधा प्रदान गरिएको छ ।
क्याटेगोरी : पर्यटन, समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस