सोमबार, फागुन १४, २०८०
गृहपृष्ठपर्यटनसुकुटेलाई पर्यटकीय हब बनाउन बहस : साझेदारीमा काम गर्न मेयर सापकोटाको जोड

सुकुटेलाई पर्यटकीय हब बनाउन बहस : साझेदारीमा काम गर्न मेयर सापकोटाको जोड


सुकुटे–चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले सुकुटेलाई पर्यटकीय ‘हब’ बनाउन सरसफाइ, सडक बत्ती, सिसी क्यामेरा जडान, तरकारी संकलन जस्ता काम तत्काल गर्न सकिने बताएका छन् ।

सुकुटे पर्यटन प्रवद्र्धन गुरुयोजना निर्माण सम्वन्धी कार्यक्रममा सुझाव प्रस्तुत गर्दै उनले स्थानीय सरकार र व्यवसायीको साझेदारीमा उल्लेखित काम तत्कालै गर्न सकिने बताएका हुन् ।

‘यी आधारभूत कार्यक्रम तत्काल गरौँ । नगरपालिका यसमा सघाउन तयार छ,’ उनले प्रतिवद्धता जनाउँदै भने ।

कृषि, उत्पान, शिक्षा, रोजगार र संस्कृतिलाई जोडेर सुकुटेको पर्यटन प्रवद्र्धन गर्न सकिने प्रमुख सापकोटाको भनाइ छ । ‘समग्र उत्पादन वृद्धिले मात्र पर्यटन व्यवसायको विकासमा सघाउँछ,’ उनले भने ।

सुकुटेलाई पर्यटकीय गन्तव्य बनाउन नगर आफैँले छलफल र बहस गरिरहेको जानकारी दिँदै उनले योजनावद्धढंगले यस क्षेत्रको विकास गर्न सकिने धारण राखे ।


राजधानी र आसपासका आन्तरिक पर्यटकको लागि यस क्षेत्रमा पछिल्लो दशकमा साना ठूला गरी झण्डै दुई दर्जन होटल, रिसोर्ट स्थापना भएका छन् । शुक्रबार र शनिबार मात्रै यस क्षेत्रमा झण्डै २–३ हजार आन्तरिक पर्यटकको जमघट हुने गरेको तथ्यांक छ ।


मेनस्ट्रिम कन्सल्टेन्ट एण्ड कम्पनी प्रालि नामक संस्थाले सुकुटेको पर्यटन प्रवद्र्धन सम्वन्धि गुरुयोजना बनाउँदै छ । उसैले यस क्षेत्रका व्यवसायी र स्थानीय सरकारबीच छलफल चलाएर सरोकारवालासँग सुझाव मागेको थियो ।

व्यवसायी नारायण श्रेष्ठ, कृष्ण सापकोटा लगायत व्यवसायी र जनप्रतिनिधिले गुरुयोजनाको लागि सुझाव पेश गरेका थिए ।

उनीहरुले गुरुयोजनामा समग्र पूर्वाधार विकास, ¥याफ्टिङ, पदमार्ग, फोहोरमैला व्यवस्थापन, क्लिन सिटी, सुरक्षाको प्रत्याभूति, साँस्कृतिक पहिचान, स्थानीय उत्पादन, बजार व्यवस्थापन, स्थानीय रोजगारी लगायत विषय समावेश हुनुपर्ने सुझाव प्रस्तुत गरेका थिए ।

पछिल्लो समय सुकुटे नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँका सुनकोसी ¥याफ्टिङको लागि आकर्षणको क्षेत्र बनेको छ ।

राजधानी र आसपासका आन्तरिक पर्यटकको लागि यस क्षेत्रमा पछिल्लो दशकमा साना ठूला गरी झण्डै दुई दर्जन होटल, रिसोर्ट स्थापना भएका छन् । शुक्रबार र शनिबार मात्रै यस क्षेत्रमा झण्डै २–३ हजार आन्तरिक पर्यटकको जमघट हुने गरेको तथ्यांक छ ।


क्याटेगोरी : पर्यटन


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!