शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठपर्यटनहिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता


कार्तिक १६ । सोलुखुम्वु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता रहेको
जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस छन् । उनीहरु आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडीशन प्रालि मार्फत गत असोज १८ गतेका हिमाल आरोहणका लागि गएका थिए ।

तीनै जना यही कात्तिक ९ गतेदेखि सम्पर्कविहीन रहेको र खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीका लागि सोमबारदेखि कैलाश एयरको हेलिकोप्टर प्रयोग गरिएको छ । एउटै समूहमा गएकामध्ये अन्य पाँच जना भने सम्पर्कमा आएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : पर्यटन


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!