आईतबार, असोज ३१, २०७८
गृहपृष्ठपर्यटनगुमनाम बन्दै २ सय ७८ वर्ष पुरानो ठानभन्ज्याङगढी

गुमनाम बन्दै २ सय ७८ वर्ष पुरानो ठानभन्ज्याङगढी


मेलम्ची ।
मेलम्ची नगरपालिकाको थकनीमा एउटा गढी छ–ठानभञ्ज्याङ ।
यसको विशेषषता छुट्टै छ ।
मेलम्चीको शेराङ देवताको भूमिेमा ठानभन्ज्याङ गढी तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले करिब वि स १८०० मा नुवाकोटसँग युद्ध गर्ने क्रममा बनाएको मानिन्छ । नुवाकोटसँगको हारपछि निराश भएका राजा शाहले यही बाटो हुँदै आउँदा ठानभन्ज्याङ गढी बनाइ लामो समय आफ्नो पल्टन राखेका थिए ।

यहीको शेराङ देवताको शक्तिले शाहको गोरखाली फौजले विस १८०१ असोज १५ गते किसानको भेषमा आक्रमण गरेर विजयी भएको जनश्रृती छ । गढी निर्माण सकेको दिन पहिलो बासमा सबै फौजी बिरामी परे, राजाले यहाँका ज्योतिष र लामालाई विरामी हुनुको कारण पत्ता लगाउन जोड दिए ।
गढक्षेत्र शेराङ देवताको भूमिभित्र पर्ने भएकाले पुजा गर्न सुझाव पाएपछि उनले ठूलोभन्ज्याङका गाउँलेसाथ भव्य रुपमा चित्तबुझ्दो मान वा पुजा गरे । देवताबाट सबै स्वथ्य भइ विजयी हुने आर्शिवाद पाएपछि राजा पृथ्वीले नुवाकोटमाथि कब्जा गर्न सफल भएको स्थानीय कथन छ ।

यस्तो ऐतिहासिक गढी अहिले गुमनाम हुने अवस्थामा पुगेको छ ।

नेपालको ऐतिहासिक १० गढीमध्येको एक मेलम्ची नगरकोथकनी जंगलक्षेत्रस्थित झण्डै दुईसय ७८ वर्ष पुरानो थानाभन्ज्याङ गढी गुमनाम हुने अवस्थामा पुगेको हो ।
भूकम्प र पराकम्पनले वरीपरीका जमिन चर्किएर गढीको अधिकाशं पर्खालका भूभाग मर्मतसंम्भार नगरिँदा वर्षात घामले क्रमश जिर्ण हुने अवस्थामा पुगेको छ । मेलम्ची नगर वडा ४ठूलोभन्ज्याङ गाउँका७० वर्षका फुर्वा तामाङकाअनुसार पुरातत्व विभाग र अन्य निकायले यसलाई जोगाउन नलाग्दा गढी गुमनाम बनेको छ । गढीलाई वेवास्ता गरेकै कारणले ०७४ को बर्खायाम सुरुवात भएलगत्तै यहाँको पुरातात्विक ढुंगाको कलात्मक शिलालेख हराएको थियो ।

‘गढीको तल्लोपट्टी कोसेढुंगमा संस्कृतमा केहि लेखिएको शिला थियो, त्यो अघिल्लो बर्खाको समयमा चोरी भयो,’उनले भने ।आन्तरिक पर्यटकसमेत् आउने ऐतिहासिक महत्व बोकेको ठानभन्ज्याङ गढी पुनर्निर्माण गर्दै संरक्षणमा लाग्नुपर्ने स्थानीयको माग छ । सरकार र पुरातत्व विभागले समयमा चासो नदिएको र थानाभन्ज्याङ गढीको लागि थोरै बजेट छुट्ट्याएर संरक्षणको अभियानमा रहेको मेलम्ची नगर वडा ४ थकनीका वडासदस्य कृष्णकुमार तामाङ समिरले बताए । ‘यसको सम्बन्धित निकायमा आवश्यक पहल गरिरहेका छौ, पर्याप्त बजेट नभएकाले अन्य धेरै काम गर्न सकेका छैनौ,’उनले भने ।


क्याटेगोरी : पर्यटन, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!