आईतबार, असोज ३१, २०७८
गृहपृष्ठपर्यटनमुक्तिनाथ मन्दिर असोज १० गते देखि खुल्ने, पिसीआर रिपोर्ट अनिवार्य

मुक्तिनाथ मन्दिर असोज १० गते देखि खुल्ने, पिसीआर रिपोर्ट अनिवार्य


असोज ६ । पाँच महिनादेखि बन्द, हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर असोज १० गते देखि खुल्ला गरिने भएको छ ।
मुक्तिनाथ र कागवेनीमा सोह्र श्राद्धमा पुग्ने भक्तजनको माग अनुसार असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गर्न लागिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारि दिए ।

मंगलबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण दर कम रहेको भन्दै दर्शनका लागि मन्दिर खुला गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण गएको बैशाखदेखि मुक्तिनाथ मन्दिरमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजा आजामा रोक लगाइएको छ ।

हिन्दु धर्मालम्बीका लागि सोह्रश्राद्धमा मुक्तिनाथ र कागवेनीमा पुगेर स्नान तथा तर्पण गर्ने कुरालाई पुण्य मानिने भएकाले मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

मुक्तिनाथ विकास समितिले पनि जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार आसोज १० गतेदेखि मन्दिर सबैका लागि खोल्ने तयारी भएको जनाएको छ । बैठकले कोरोना परीक्षण गरेको पिसीआर रिपोर्ट वा एन्टिजिन रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश गर्न पाउने व्यवस्था गरेको छ ।

पिसीआर गरेको ७ दिन र एन्टिजिन गरेको ७२ घण्टा भीत्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश दिईने निर्णय भएको छ । कोरोना खोप लगाएका व्यक्तिले भने सहज प्रबेश पाउनेछन् । मुक्तिनाथ मन्दिर झन्डै समुद्री सतहबाट ३ हजार ८ सय मिटरको उचाइमा अवस्थित छ ।

यसैगरी हिन्दुधर्मालम्बीले पृतिस्मरण गर्ने सोह्रश्राद्ध सुरु भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरु पुग्न थालेका छन् ।


क्याटेगोरी : पर्यटन


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!