आईतबार, असोज ३१, २०७८
गृहपृष्ठपर्यटन९० दिनपछि चिनियाँ अन्तरिक्ष यात्रु पृथ्वीमा

९० दिनपछि चिनियाँ अन्तरिक्ष यात्रु पृथ्वीमा


एजेन्सी । चीनको सबैभन्दा लामो अन्तरिक्ष (स्पेस) मिसनपछि चिनियाँ अन्तरिक्ष टोली सकुशल पृथ्वीमा फर्किएको छ । करिब ९० दिन लामो अन्तरिक्ष मिसन पूरा गरी सो टोली शुक्रबार अवेर पृथ्वीमा आइपुगेको हो ।

नेई हेइसेङ, लिउ बुमिङ र ताङ होन्वोको टोलीले शुक्रबार पृथ्वीमा पाइला टेकेको सिन्ह्वाले जनाएको छ । गत बिहीबार अन्तरिक्षयानबाट छुटेका सो टोलीले १ बजेर ३५ मिनेट (स्थानीयसमय अनुसार) भित्रि मङ्गोलियाको गोपि मरुभूमिमा अवतरण भएको दृष्य चिनिया समाचार संस्थाहरुले सार्वजनीक गरेका छन् ।

पृथ्वीदेखि ३८० किलोमिटर माथि रहेको चीनको स्पेस स्टेसनमा सो टोलीले ९० दिन बिताएको थियो । जुन १७ मा सो टोली अन्तरिक्षतर्फ गएको थियो । विभिन्न खोजका लागि अन्तरिक्षमा पुगेको सो टोली आफ्नो मिसन पूरा गरी फर्किएको हो ।


क्याटेगोरी : पर्यटन


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!