बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठपर्यटनप्रकोपपछिको पर्यटनः सुनसान सिन्धुपाल्चोक

प्रकोपपछिको पर्यटनः सुनसान सिन्धुपाल्चोक


चौतारा । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ होस् या जिल्लामा भएका प्रकोप । त्यसले सिन्धुपाल्चोकको अर्थतन्त्रलाई प्रभाव पारेको छ ।
विभिन्न् एड्भेन्चरसहित मनमोहक प्राकृतिक दृष्यको अवलोकन गर्न सकिने सिन्धुपाल्चोकमा पर्यटन क्षेत्र खस्किएकाले पनि आर्थिक अवस्थामा प्रभाव परेको हो ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण जताततै फैलिरहँदा बाढीपहिरोले तहसनहस चर्चित पर्यटकीय गन्तव्य खण्डहर बन्दै गएपछि जिल्लाको पर्यटन लगभग शून्यमा झरेको छ । स्थानीय तहबाट पर्यटकीयस्थलको पुनर्निर्माणमा र सवारी आउजाउ सहज बनाउने प्रयास रहेपनि बाढीपहिरोको विध्वंशकै कारण यस वर्ष जिल्लामा बाह्य र आन्तरिक पर्यटकको आगमन ठप्प भएको अवस्था छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले एकसय वटा नय“ा पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न छनौट गरेकामध्ये अधिकाशं पर्यटकीय गन्तव्य तहसनहस हुन पुगेका छन् । जिल्लाका पुराना पर्यटन व्यवसायी महेन्द्रसिंह थापाकाअनुसार ‘हण्र्डेड डेस्टिनेशन’मा गनिएका भोटेकोसी ÷ सुनकोसी नदीमा ¥याफ्टीङ र बन्जी जम्प केही आन्तरिक पर्यटककै भरमा जेनतेन चलिरहेको छ । भुकम्पपछि तंग्रिदै गरेको गुम्बैगुम्बाको गाउँ हेलम्बु र पाँचपोखरी असार १ हेलम्बुको शिरभेग भेमेथाङ्ग चौरबाट सोहोरिएर खसेको पहिरो मिसिएको मेलम्ची बाढीले पूर्वाधारविहिन बनेको देखिन्छ । ‘कोरोनामाथि बाढीपहिरोको विध्वंसले जिल्लाको पर्यटनलाई पुरै शुन्यमा झारिदिएपछि सम्पूर्ण पर्यटन व्यवसायी मारमा निराशिएका छन्, राजधानीबाट नजिकै रहेका चर्चित पर्यटकीय गन्तव्य प्राया ध्वस्त तुल्याइएका छन् ।’ उनले भने ।

ह्योल्मो जातिको उदगमस्थल मानिने हेलम्बु गापाको तार्केघ्याङ, गुरु रिन्पोछे गुफा, मेलम्चीघ्याङ, महादेव पाइला,मिलारेपासहित चिरी गुम्बाजस्ता अनेक प्राचिन गुम्बा ,तिर्थस्थल घुम्दै वार्षिक ३६ हजार पर्यटक यहाँ आनन्द लिन्थ्ये । हेलम्बु र पाचपोखरी थाङपाल गापाको सीमाभेगस्थित आमा ह्योल्मो (आमायांग्री) , पाँचपोखरी , डुग रेन्जेन ड्राइगन गुफा ,ठुलो ढुंगाको मनोरम दुश्य पदमार्ग प्रयोग गरेर हेर्दै ह्योल्मो होमस्टेमा बस्थे । मेलम्ची बाढीले हेलम्बु र पाँचपोखरीको केही वडालाई पूर्वाधारबाट अलग्ग्याएपछि पर्यटकीय गन्तव्यस्थल दुर्गम बन्न पुगेको हेलम्बु गापा १ का अध्यक्ष मिङमार ह्योल्माले बताए । ‘भुकम्पको विनाशपछि केही तंग्रिदै गरेको चर्चित यसक्षेत्रलाई बाढीपहिरोले धेरै समय पछाडी धकेलिदिएको छ, शुन्य बनाइदिएको छ,’उनले भने ।

यो वर्ष न्यून आन्तरिक पर्यटकले मात्रै तातोपानीलगायत क्षेत्रको भ्रमण गरेका छन् । भूकम्पपछि अहिलेसम्म तातोपानी क्षेत्रमा एकजना पनि विदेशी पर्यटक नआएको तातोपानी अध्यागमन कार्यालयले जनाएको छ । तातोपानीको बाटो प्रयोग गरेर भुकम्पअघि वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । जसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे । तातोपानी नाका मालवाहक रुपमा मात्रै चलेयता सो बाटो भएर भारतलगायत मुलुकका तिर्थयात्रीले चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर भ्रमण गर्न पाएका छैनन् ।
वर्षेनी ठूलो संख्यामा तातोपानी धारा नुहाउन आउने आन्तरिक पर्यटकको संख्यामा भारी गिरावट आएको छ । यो वर्ष एक हजार आन्तरिक पर्यटकले मात्रै तातोपानी धारामा नुहाउन आएको तातोपानी धारा संरक्षण समितिका अगुवा अमृत खड्काले बताए । ‘भूकम्प र भोटेकोशी बाढीपहिरोको विनाशले यह“ाको पर्यटन् शुन्य बनाएको छ, नाका बन्द भएपछि चर्चित पर्यटकीय महत्व ओझेलमा प¥यो ।’ उनले भने । तातोपानी–६ दुगुनामा रहेको ऐतिहासिकस्थल दुगुनागढीमा बाढीपहिरोपछि कोही पुगेका छैनन् । दुगुनागढी हु“दै ४२ सय मिटर उचाइमा रहेको भैरवकुण्डसम्म जाने पर्यटकीय पदमार्ग पहिरोले क्षतिग्रस्त भएकोले बर्खायता स्थानीय समेत जान छाडेका छन् । पहिला होमस्टे संचालन गरिएका दुगुनागढीमाथिका यार्मासिंह, खाम्गेक बिक टोल, भूमाचौर पाटीकुना, भेकासिंह, थांमाछे र ढिसिङ टोलका एकसय ४५ घर केही पर सुरक्षित जग्गामा सरेका छन् ।

बाह्य पर्यटकलाई लक्षित गरी ३० रोपनी जग्गामा स्थापना गरिएको दुगुनागढीस्थित बज्र इको रिसोर्ट भूकम्पपछि आहिलेसम्म बन्द छ । उक्त होटेल २० करोड मूल्यमा निर्माण गरिएको पर्यटन व्यवसायी रामकाजी पौडेलले जानकारी दिए । भूकम्पअघि वार्षिक पश्चिमा मुलुकका दुई हजार भन्दा बढी नागरिक दुगुनागढी र भैरबकुण्ड भ्रमणमा आउने गरेका थिए । आहिले आन्तरिक पर्यटक आगमनमा समेत शून्यता छाएपछि भूकम्पबाट बचेका होटेल पुन संञ्चालनमा आएका छैनन् । पर्यटकका लागि खोलिएका अरनिको राजमार्ग किनारका होटेल धमाधम बन्द हुन थालेका छ । एशियाकै ठूलो साहसिक बन्जी जम्प गरिने नया पुलस्थित द लास्ट रिसोर्टमा विदेशी पर्यटक आधा घटेको द लास्ट रिर्सोटका कुमार राउतले जानकारी दिए । ‘बन्जी जम्पमा समेत पर्यटक घटेका छन् ’ रिर्सोटका राउतले भने ‘बन्जी जम्प गर्न दैनिक पहिले सातादिनमा सय बढी पुग्थ्ये ।’
बाढीपहिरोले सदरमुकाम चौतारा र मेलम्चीबाट भोताङ हुदै पाँचपोखरी पुग्ने पदमार्गको अवस्था पनि उस्तै छ । न्यून आन्तरिक पर्यटक यस क्षेत्रमा आएपनि विदेशी पर्यटक आएका छैनन् । हेलम्बु, पाँचपोखरी, तातोपानी र जुगल हिमाली भेग जिल्लाका पर्यटकीय क्षेत्र हुन् ।


क्याटेगोरी : पर्यटन, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!