सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठपर्यटनचौतारामा बुद्ध मुर्ती निर्माण : पर्यटनबाट समृद्धिको खम्बा

चौतारामा बुद्ध मुर्ती निर्माण : पर्यटनबाट समृद्धिको खम्बा


चौतारा ।
पछिल्लो समय जनप्रतिनिधिहरु आफ्नो गाउँ या नगरको विकासका लागि अघि बढ्न थालेका छन् । स्थानीय सरकारको पहिलो पाँच वर्षे कार्यकाल छोट्टिदै जाँदा जनप्रतिनिधिहरु आफ्नो क्षेत्रको विकासतर्फ विशेष हुन थालेका हुन् । गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउने विभिन्न उपायहरु जनप्रतिनिधिले अबलम्बनसमेत गर्न थालेका छन् ।

यसको एउटा उदारहरण हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले थालेको भ्यू टावर सहितको बुद्ध पार्क निर्माण । जिल्लाको सदरमुकाम चौतारा बजारबाट हजारौं सिढिं उक्लँदै जान सकिने निर्माणाधिन बुद्ध पार्क पर्यटन प्रवद्र्धन र स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने नगरपालिकाको एउटा योजना हो ।
हजारौं सिर्ढी उक्लेर पुगिने भ्यू टावरसहितको निर्माणाधिन बुद्ध मुर्ती निर्माण कार्यलाई जनतालेसमेत स्वागतयोग्य र प्रशसनीय कार्य मानेका छन् ।

नगरपालिकाको वडा नं. ६ मा बन्न लागेको बुद्ध पार्कपछि पर्यटक बढ्ने स्थानीयको विश्वास छ । दर्शनार्थीको भीड लाग्ने २०५२ सालमा तत्कालीन राजा विरेन्द्र र रानी ऐश्वर्यले उद्घाटन गरेको प्रसिद्ध गौराति भीमसेन मन्दिर पनि निर्माणाधिन बुद्ध पार्क नजिकै भएकाले पनि यसको महत्व झनै बढ्ने अपेक्षा गरिएको छ ।
पार्क निर्माण सम्पन्न भएपछि यहाँका गाउँवासीमा आयआर्जनको बाटोसमेत खुल्ने छ । गाउँमा पर्यटक बढ्ने र गाउँमा उत्पादन भएका सामग्रीहरु विक्री भई गाउँमै व्यवसाय सञ्चालन गर्न सकिने स्थानीय शेरबहादुर श्रेष्ठ बताउँछन् ।

जहाँ बुद्ध पार्क निर्माण हुँदैछ । त्यहाँबाट जुगल हिमाल, काभ्रेको प्रसिद्ध कालिञ्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट स्पष्ट रुपमा देख्न सकिन्छ । सदरमुकाम चौतारा बजार निकै आकर्षक देखिन्छ । सदरमुकामबाट बुद्ध पार्क सवारीको प्रयोगबाट पनि पुग्न सकिन्छ भने आधा घण्टा पैदलबाट पनि जान सकिन्छ । झनै निर्माणाधिन सिढिंबाट आरामदायीसँग पुग्न सकिने बुद्ध पार्क भ्यूटावरसहितको जमिनबाट ६७ फिट अग्लो हुनेछ । जसको भवन भित्र लामाहरु पढ्ने, पूजापाठ गर्ने चार वटा कोठाहरु हुने इन्जिनियर विकास श्रेष्ठले जानकारी दिए ।

कुल ६ करोड २१ लाख त्रिपन्न हजार सात सय अठासी रुपैयाँ लागतमा उक्त बुद्धपार्क बन्न लागेको हो । त्यहाँ पुग्न सकिने सिंढीको लागि अर्कै बजेट विनियोजन गरिएको छ । गौंराती सामुदायिक बन क्षेत्रमा यो पार्क निर्माण थालनी गरिएको हो । नगरपालिकाले अरनिको राजमार्गको सुकुटे आउने पर्यटकलाई यहाँसम्म ल्याउने योजना अघि सारेको छ । चौतारा पर्ने पर्यटकीय गन्तब्यको रुपमा पर्ने गरेको छ । सुकुटे आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई सांगाचोकको गढी, ईर्खुको रानीपोखरी, कदमबासको प्याराग्लाइडिङ गराई बुद्ध पार्क, गौरती मन्दिर हुदै हर्लङबर्लङ मन्दिर दर्शन गराई त्यहाँको चमेरो गुफा देखाउने नगरपालिकाको योजना रहेको नगर प्रमुख अमानसिं तामाङको भनाई छ ।
समुन्द्री सतहबाट दुई हजार एक सय ५० मिटरको उचाईमा रहेका पर्यटकीय हिमाली गाउँ ओखरेनीमा रहेको चिया बगानसम्म पर्यटक लैजान निर्माणाधिन बुद्ध मुर्तीले महत्व राख्दछ ।

बुुद्धपार्कको निमार्णको लागि बैशाख १० गते मुर्ति उमा÷काली÷प्रसीन जेभी ले निर्माण सम्झौता गरेको छ । कम्पनीले समयमा नै काम सम्पन्न गरे २०७९ जेठ २२ गते पछि बुद्धको मुर्ति सहित भ्यु टावर अवलोकन गर्न पाईनेछ । विशेष गरि एकै प्याकेजमा नगरपालिकाका सबै पर्यटकीय क्षेत्र घुम्न सक्ने गरी पर्यटन केन्द्रित कार्यक्रममा नगरपालिकाले जोड दिएको हो ।


क्याटेगोरी : पर्यटन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!