Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठपर्यटनएक करोड २५ लाख लागतमा ठोकर्पामा भ्यू टावर

एक करोड २५ लाख लागतमा ठोकर्पामा भ्यू टावर


ठोकर्पा। सिन्धुपाल्चोक जिल्लाको ठोकर्पाको थामडाँडामा भ्यू टावर निर्माण भएको छ ।

ठोकर्पाको पहिचान, पूर्वाधारको अभियान नारा सहित शनिवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर वस्नेतवाट टावरको उद्घाटन गरिएको छ ।

सुनकोशी गाउँपालिकाको केन्द्र थामडाँडामा पर्यटकीय केन्द्र वनाउने उदेश्यले भ्यू टावर निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रवण जिसीले वताए ।

पर्यटकीय हवको रुपमा विकास भएको सुकुटे वाट ११ किलोमिटरको दुरीमा रहेको ठाउँमा भ्यू टावर निर्माण गरिएको छ ।

गाउँपालिकाको अधिकांश स्थान, जिल्लाको सुनकोशी र भोटेकोशीको तटीय क्षेत्र, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाको रमणीय वस्तीहरुको भ्यू टावरवाट अवलोकन गर्न सकिने छ ।

‘सुकुटे सम्म आउने पर्यटकलाई भ्यू टावर सम्म ल्याउने, पर्यटनका माध्यमवाट आर्थिक उपार्जनमा बृद्धि गराउने हाम्रो उदेश्य हो’–पालिका अध्यक्षले बताए ।

गाउँपालिकाले एक करोड २५ लाखमा टावर निर्माण गरेको हो ।

पूर्व मन्त्री वस्नेतले ‘ठोकर्पाको पहिचान, पूर्वाधारको अभियान नारा नै लिएर सुनकोशी क्षेत्रको विकास भैरहेको बताए ।

कोभिडको महामारिमा सुनकोसी बासिलाई आफुले सक्ने ब्यबस्था गर्नुका साथै एम्बुलेन्स र आर्थिक अबस्थामा कमजोर हुने लाई उपचारमा सहयोग गर्ने समेत बस्नेतले बताए ।

ठोकर्पा भौगोलिक, राजनीतिक र सामाजिक हिसावले पनि परिचित स्थल भएकोले यसको थप प्रचार र प्रबद्धनमा स्थानीय सरकार लागिपरेको सुनकोशी ६ का अध्यक्ष रामकुमार थापाले बताए।

कार्यक्रममा नेपाली काग्रेसका क्षेत्र नं १ का क्षेत्रिय सभापति बाल कृण्ण बस्नेत,महाधिबेसन प्रतिनिधी हरिशरण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

 


क्याटेगोरी : पर्यटन
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार