बुधबार, असोज ६, २०७८
गृहपृष्ठपर्यटन‘नमस्ते’ आमायांग्री (फोटोफिचर)

‘नमस्ते’ आमायांग्री (फोटोफिचर)


हेलम्बु (आमायांग्री) ।

वरीपरी लोभलाग्दो हिमश्रृंखला, हिउँले सेताम्मे फराकिलो लेकाली जंगल, जंगली डाडाकै शिरमा नाच्दैछन् बौद्ध मन्त्र लेखिएका दर्जो ध्वजापंतगा । लेकाली घना जंगलबीच कलात्मक मानेछ्र्योतेन् र तीन तले निर्माणाधिन् चिटिक्क मन्दिरझै लाग्ने आमायांग्रीको गुम्बा ।

ह्योल्मोभूमिमा हिउँको ‘उर्गेनपोश’ लगाएकी हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको सीमाभेगस्थित ह्योल्मो महादेवी आमायांग्री क्षेत्र पुग्दा काठमाण्डौ माकलबारीका मिलन तामाङ खुबै उत्साहित देखिए । ‘यहाँ आएर लाग्यो कि स्वर्ग कही छ भने यही हो, यहाँको हिमश्रृंखला, प्राकृतिक बनोटले संसारलाई नै भुलाइदियो, यसाई शब्दमा बयान गर्न सकिदैन् ।’ उनले भने । हेलम्बुको परम्परागत छेच्यु पूजामा सहभागी भएर होमस्टे बासपछि आमायांग्री आइपुग्दा उनीसहित दुई दर्जन पर्यटक खुबै रमाए ।

‘आमायांग्री समस्त जगतको आमा हो, हाम्रो सबै सपना उहाँले पुरा गरिदिनुभएको छ, यहाँको दर्शन सकेपछि ढुक्पुङ अर्थात गुरु रिन्पोछेको तपस्यास्थल पुग्दैछौ,’ आमायांग्री मन्दिरछेउ भेटिएका काठमाडौ बौद्धका ५३ वर्षका सोनाम तामाङले भने । बौद्धधर्मको महान तिर्थ भएकाले यहाँ आएर पाप मेटाउनुकासाथै सुन्दरताको आनन्द लिएको उनको भनाइ छ । छिनछिनमा हुस्सुले लुकिरहने ह्योल्मो इष्टदेवी यांग्रीको निर्माणाधिन् गुम्बालाई हिउँले सजिएको ध्वजापंतगाले घेरिएको हिमश्रृंखलाकै काखमा देख्दा हेरिरहुँ लाग्छ । आमायांग्रीको प्राचीन मुर्ति राखिएको चिटिक्क कलात्मक गुम्बालाई भूकम्प र पराकम्पनले ध्वस्त बनाएपछि हेलम्बुकै स्थानीय बासीको अग्ररतामा आमायांग्री गुम्बा ठडिदैछ ।

फराकिलो डाँडोमाथि आमायांग्रीक्षेत्रको प्राकृतिक सुन्दरता हेर्नकै लागि काठमाण्डौदेखि विभिन्न जिल्लाका स्थानीय दिनहुँ ३० जना पर्यटक आउने गरेका छन् । हिन्दु र बौद्ध तिर्थालुको घुइचो लाग्ने यहाँ विशेषत विश्वकल्याणको लागि अनेक परम्परागत पूजा हुने गरेको छ । ह्योल्मो सांस्कृतिक अनुसन्धानदाता टासी दोङ्बा ह्योल्मोकाअनुसार समुन्द्री सतहबाट ३ हजार ७ सय ७० मिटरको उचाइमा रहेको आमा यांग्रीको धार्मिक इतिहाश बौद्धधर्म गुरु रिन्पोछे (पदमसंम्भवा)सँग जोडिएको छ ।

सातौ शब्तादीका बौद्ध सम्प्रद्धायका महागुरु पदमसंम्भवाले आमायांग्रीलाई गुप्त निधि लुकाएको क्षेत्रमध्ये ह्योल्मोक्षेत्रको सुरक्षाको लागि यहाँ तान्त्रिक विधिबाट आव्हान गरे । ह्योल्मो समुदायका कुलदेव अर्थात सुङ्मो राखेर त्यही रुपअन्र्तगत आमायांग्रीलाई यस भेगको सुरक्षाका लागि रिन्पोछेले यो लेकक्षेत्र चुनेको ह्योल्मोले उल्लेख गरे । गुरु पदमसंम्भव (गुरु रेन्पोछ)को चार वटा गुप्त स्थानमध्येको एक तिर्थ ह्योल्मो क्षेत्र भएकाले आमायांग्री यहा आएर विश्व कल्यार्थ स्थापित भएको उनले जनाए । चीनको ग्रेटवालको झझल्को दिने ह्योल्मो परम्पराको धर्मचक्र पर्खालअनुसार धमाधम बन्दै गरेको संम्भवत विश्वकै दोश्रो ग्रेटवाल गुरु रेन्पोछे ‘हिमालयन ग्रेट ट्रेल’मा आमायांग्री भएर लैजाने योजना हेलम्बु गाउँपालिकाले बनाएको छ ।

हेलम्बुको हिमाली क्षेत्र घोप्टेघ्याङमा विश्वकै अग्लो चिनको ग्रेटवालको अनुसरण गरेर बनाइरहेको ६० किलोमिटरमा एकसय १० मिटरको काम सकिसकेको हेलम्बु गापा अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘आमायांग्रीको ट्रेकिङ रुट जोड्ने शेर्माथाङलाई घेरेर ग्रेट ट्रेलको काम थालिएको छ , आमायांग्रीलाई प्रवद्र्धन गर्ने बृहत योजना बनाएका छौ,त्यहीअनुसार काम पनि गर्दैछौ ।’ शेर्पाले भने । काठमाण्डौबाट करिब ९० किलोमिटरको दुरीमा रहेको आमायांग्री मेलम्ची बजार, हेलम्बु २ किउलको तिम्बु बजारबाट आमायांग्री बेसक्याम्प ज्योमोथाङसम्म करिब २१ किमी सवारी सहज छ । हेलम्बु गापा २ शेर्माथाङ या तार्केघ्याङबाट दुई घण्टाको ट्रेकिङ रुट हँुदै तिर्थस्थल आमायांग्री पुग्न सकिन्छ ।


क्याटेगोरी : पर्यटन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!