Techie IT
Sunday, August 1,2021 / आईतबार, साउन १७, २०७८
×
गृहपृष्ठपर्यटनजब रिन्पोछे नाच्दै गुम्बाबाट निक्लिए (फोटोफिचर)

जब रिन्पोछे नाच्दै गुम्बाबाट निक्लिए (फोटोफिचर)


शेर्माथाङ । शिरमा कलात्मक मयुरप्वाखे पवित्र शिरपोष, हातमा तन्त्रमन्त्र कुदिँएका भयंकर बज्र र घण्टी ।

ह्योल्मो धार्मिक पोशाकमा चिटिक्क देखिएका बौद्ध धर्मगुरु रिन्पोछे ( पदमसंम्भवा), छेउमै रिन्पाछेकै स्वरुप र देविदेवताको सामुहिक लस्कर ।

भव्य स्वरमा बजेका परम्परागत बाजागाज धुन, तान्त्रिक हतियार हातमा लिएर रिन्पोछेसहित देवता एकै स्वरमा गाउँदै, नाँच्दैछन् ।

शनिवार ह्योल्मोभुमी हेलम्बु गापा २ शेर्माथाङको साङ्ग फिन्चोक
उर्गेन छ्योलिङ गुम्बाको आँगनमा छेच्यु पुजामा देखिएको लोभलाग्दो दुश्य हो यो ।

भुकम्प र पराकम्पनले ध्वस्त बनाएको ६ वर्ष भइसक्दा टहराको छानोमुनी ध्वस्त पाँच शताब्दी पुरानो यो गुम्बाबाट देविदेवताबीच पदमसंम्भवाको पोशाकको भेषमा लामगुरु नाच्दै निक्लिए ।

चन्द्रमास पात्रोअनुसार गुरु रिन्पोछेको जन्मदिन र धर्मग्रन्थअनुरुप पदमसंम्भवालाई आव्हान गरेर तान्त्रिक नृत्यमार्फत राक्षसमाथि बिजय गरेको छेज्यु पुजामा तान्त्रिक नृत्य देखाइन्छ ।

त्यही पौराणिक घटनालाई श्मरण गरेर वार्षिक छेज्यु पर्व ह्योल्मो समुदायले मनाउँदै आएको शेर्माथाङका ह्योल्मो सांस्कृतिक अनुसन्धानदाता टासी दोङ्बा ह्योल्मोले जानकारी दिए ।

‘नृत्यमा देविदेवतालाई बज्रयान तान्त्रिक अभ्यास मार्फत बशमा लिएर बुद्धको वचनमार्फत आर्शिवाद दिइन्छ, स्थानीय देविदेवता ( प्रकृति)को पुजा या ‘साङ’ गरिन्छ,जसबाट नकरात्मक शक्ति मर्ने विश्वास गरिन्छ,’ह्योल्मोले भने ।

तीन दिनसम्म धार्मिक ग्रन्थ ह्युम उच्चारण गर्दै ह्योल्मो पर्वमा रिन्पोछेको प्रतिकस्वरुप अन्य देविदेवताका विभिन्न मुद्राका मुकुण्डो लगाएर पुजा गर्दै नाच्ने बाछ्याम गर्ने गरेको उनले उल्लेख गरे ।

छेच्यु पर्वमा धार्मिक नाचको लागि अध्यात्मिक सिद्धी पाएका लामा मात्रै न्हाम्सा देवपोशाक लगाएर सहभागी हुन्छन् ।

छेच्यु पुजा सोनाम ल्होसारको पर्वसगै ह्योल्मो गाउबस्तीभर पञ्चमीदेखि पूर्णिमासम्म मनाउछन् ।

काठमाण्डौबासी ह्योल्मो समुदायले भने त्यसको एक महिनापछि शुक्ल पक्षको दशमीमा ह्योल्मो समाज सेवा केन्द्रले वार्षिक रुपमा मनाउने गरेको ह्योल्मोले बताए ।

‘पुजामा विश्व कल्याणको कामना गर्छौ, ’उनले भने ।


क्याटेगोरी : पर्यटन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!