बुधबार, असोज ६, २०७८

Tag: breaking


बाढीले थप क्षति नहुन महायज्ञ

हेलम्बु । असार १ गतेको अविरल वर्षासंगै हेलम्बु भ्रेमाथानमा पहिरो खसेर आएको बाढीले तटीय क्षेत्रमा थप क्षति हुन नदिन महायज्ञ लगाइएको छ । अझै भ्रेमाथाङको बाढी आउन सक्ने सम्भापना रहेको विज्ञको निष्कर्षसँगै थप क्षति नहोस् भन्नका लागि महायज्ञ लगाइएको हो । बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अस्तब्यस्त बनेको थियो । बाढीबाट पाँच जनाको मृत्यु […]

भ्रेमाथाङमा गेग्रान थुप्रिएकाले फेरि बाढी आउन सक्ने

मेलम्ची । बाढीले पु-याएको क्षतिको पूर्ण विवरण नआउँदै विज्ञहरुले सो क्षेत्रमा फेरि पनि वाढी पहिरो जान सक्ने औंल्याएका छन् । भ्रेमाथाङमा जम्मा भएको अवशेष र त्यसभन्दा माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै उनीहरुले यस्तो बताएका हुन् । मेलम्चीमा बाढी आएपछि खानी तथा भूगर्भ विभागले पछिल्लो समयमा गरेको अध्ययनले अझै जोखिम रहेकाले पूर्ववत् स्थानमा बस्न नसकिने […]

  • कला
  • साउन ३१, २०७८

सलोन र मञ्जरी चौतारामा-मिस्टर तथा मिस सिन्धुपाल्चोक हुने (भिडियो खबर)

दिपेन्द्र घले, चौतारा । जिल्लामा लुकेर रहेको र नयाँ प्रतिभाको पहिचान गरि कलाकारहरु उत्पादन गर्ने उद्देश्यले मिस्टर अनि मिस सिन्धुपाल्चोक हुने भएको छ । सन् २०१७ सालमा स्थापना भएको परफेक्ट प्लान इन्टरटेनमेन्ट नेपालले चौतारा साँगाचोकगढी नगरपालिकासँग समन्वय गरी कार्यक्रम गर्न लागिएको हो । प्रतियोगितामा जिल्लाभरका १५ वर्ष माथि र २४ वर्ष नकटेकाहरुले आवेदन फारम भरी […]

मेलम्ची बाढीपीडितलाई सत्तामा पुगेका नेताको आश्वासन मात्रै

मेलम्ची । गएको असार १ गते इन्द्रावती र मेलम्ची नदिबाट आएको बाढीले पीडित बनाएकाहरुलाई सरकारमा पुगेका नेताहरुले आश्वासन मात्रै दिएका छन् । बाढीपछि निरीक्षणमा पुगेका प्रधानमन्त्रीसहितका नेतालाई स्थायी पुर्नवास गराउने आश्वासन मात्रै दिएका हुन् । बाढीपछिको अवस्था निरीक्षण गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा वली, उपप्रधानमन्त्री राजेन्द्र महतो, सभामुख अग्नीप्रसाद सापकोटा, तत्कालीन स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ, […]

बाढीले काठमाण्डौंमा मेलम्चीको पानी खस्नेमा अनिश्चित

मेलम्ची । २२ वर्ष प्रतीक्षा गरेर १५ चैतदेखि उपत्यकावासीको धारामा मेलम्चीको पानी आएको थियो । तर, तीन महिना नपुग्दै असार पहिलो साता मेलम्ची नदीमा आएको बाढीले आयोजनामा क्षति पुर्‍याएको छ । उपत्यकावासीले अब मेलम्चीको पानी कहिले पाउँछन् भन्ने अनिश्चित भएको छ । जसले गर्दा उपत्यकामा खानेपानी समस्या अझै बढ्ने देखिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले […]

डेढ महिनामै भत्कियो पर्खाल र नाली (भिडियो खबर)

बलेफी । बलेफी गाउँपालिका वडा ७ खाडीचौरबाट चिम्लिङ जोड्ने सडकखण्डको मेसिनरी वाल र नाली डेढ महिनामै भत्किएको छ । ४० लाख बराबरको बजेटमा निर्माण गरिएको छिटै भत्किएपछि स्थानीयले विरोध जनाएका छन् । जिल्ला समन्वय समितिको पूर्वाधारअन्र्तगतको बजेटमा बलेफी गापा वडा ७ को उपभोक्ता समितिले निर्माण गरेको पर्खाल र त्रिवेणी कन्स्ट्रक्सन प्राइभेट लिमिटेड कम्पनीले बनाएको नाली […]

मेलम्चीको तल्लोे तटीय क्षेत्रमा जोखिम भए बस्ती सारिने

मेलम्ची । मेलम्चीमा आएको बाढीका कारण नदीको आयतन बढेसँगै तल्लो तटीय क्षेत्रमा पर्ने असरको विषयमा सम्भाव्यता अध्ययन भइरहेको छ । अध्ययनले तल्लो तटीय क्षेत्रमा जोखिम देखिएमा बस्ती स्थानान्तरण गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । मनसुन सुरुवात भएको साता दिन पनि नपुग्दै गत असार १ गते मेलम्ची नदीमा आएको बाढीले मेलम्ची […]

पूर्ण रुपले तातोपानी नाका खुलाउन प्रधानमन्त्रीसामू माग

काठमाण्डौं । भूकम्पपछि अस्थिर रहेको नेपाल चीनबीचको स्थलमार्ग तातोपानी नाका पूर्ण रुपले खुलाउन प्रधानमन्त्रीसामू आग्रह गरिएको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ र नेपाल हिमालय सीमापार बाणिज्य संघले एक ज्ञापन पत्र बुझाउँदै नाका सञ्चालनका लागि माग गरिएको हो । संकटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौं विपदले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको […]

धेरै रुचाईएको
error: Content is protected !!