मंगलबार, मंसीर २०, २०७९

Tag: banner


एमालेबाट काँग्रेस आएका केदार र मञ्जु प्रदेश सभाका लागि सिफारिस

बाह्रबिसे । नेकपा एमालेबाट स्थानीय निर्वाचनअघि काँग्रेस प्रवेश गरेका दुई जनाले प्रदेश सभा सदस्यकाे लागि नाम सिफारिस गरिएको छ । काँग्रेस क्षेत्र नम्बर १ काे आज भएको बैठकले केदार क्षेत्री र मञ्जु नेपालकाे नाम सिफारिस गरेको हाे । केदारकाे नाम प्रदेश सभामा प्रत्यक्षतर्फ सिफारिस गरिएको छ भने नेपालकाे नाम समानुपातिकमा सिफारिस गरिएको छ ।

अदालतबाट १२ लाख जरिवाना ठहर भएकी चौताराकी सविना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अदालतबाट १२ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनबाट १२ लाख जरिवना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीय सविना थापालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । […]

बुद्धराजले छाडेपछि माओवादी केन्द्र बाह्रबिसेले पायाे बल्ल ध्यक्ष

बाह्रबिसे । नेकपा माओवादी केन्द्र बाह्रबिसे नगरपालिकाकाे अध्यक्षकाे जिम्मेवारी कपिल पाख्रिनलाई दिईएकाे छ । नगर कमिटी अध्यक्ष बुद्धराज बस्नेतले पार्टी छाडेर काँग्रेस प्रवेश गरेपछि पाख्रिनलाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी दिइएको हाे । नगर कमिटीले नयाँ कार्यलयकाे उद्घाटन समेत गरेको छ।

शिक्षक संघ सिन्धुपाल्चोकको जिल्ला अधिवेशन असोजमा

चौतारा – नेपाल शिक्षक संघको नवौ जिल्ला अधिवेशन असोज १ र २ गते चौतरामा सम्पन्न हुने भएको छ।आज भएको नेपाल शिक्षक संघको जिल्ला कार्यसमितिको पुर्ण बैठक विविध कारणले सम्पन्न हुन नसकेको जिल्ला अधिवेशन को मिति तय गरेको हो। सिन्धुपाल्चोकमा स्थानीय तहको अधिवेशन गत बर्षको पुस १७ गते सम्पन्न भएको थियो।गत बर्षको माघ १४/१५ तोकिएकोमा कोरोना […]

प्रेस युनियनका केन्द्रीय सदस्य तामाङ सम्मानित

काठमाडौँ । तामाङ प्रशारण दिवसको अवसरमा बागमती तामाङ पत्रकार संघ ले आयोजना गरेको बागमती प्रदेशमा तामाङ रेडियो हरुको अवस्था अवसर र चुनौती विषयक कार्यक्रममा नेपाल प्रेस युनियन का केन्द्रीय सदस्य नेत्र तामाङ सम्मानित भएका छन। आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले तामाङ लाई बधाई तथा सम्मान पत्र प्रदान गरेका हुन् । ​​​हेटौंडामा साउन ६ […]

पहिरोले बन्द मेलम्ची–तिपेनी सडक मर्मत गरिँदै

मेलम्ची । मेलम्ची–तिपेनी सडक खण्ड मर्मत गर्न थालिएको छ । मेलम्ची–९ राम्चे डाँडामा पहिरो खसेका कारण अहिले मेलम्ची नगरपालिकाले सो सडक मर्मत गरिरहेको छ । मर्मतका कारण उक्त सडक हाल बन्द गरिएको हो । केही दिन सो बाटो हुँदै हलुकाबाहेक सवारी साधन सञ्चालन नगर्न मेलम्ची नगरपालिका तथा पाँचपोखरी गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको थियो । बनाउन […]

त्रिपुरासुन्दरीमा साउन ३१ गते सार्वजनिक बिदा

तौथली । त्रिपुरासुन्दरी गाउँपालिकाले हिले जात्राको अवसरमा साउन ३१ गते बिदा दिने निर्णय गरेको छ । आज बसेको गाउँ कार्यपालिकाको बैठकले हिले जात्राको अन्तिम दिन साउन ३१ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तौथलीमा पाँच दिनसम्म हिले जात्रा मनाइन्छ । त साउन २७ गते सुरु भएको जात्रा ३१ गते सकिदैछ ।

बाढी र पहिरोले घरमा क्षति, सडकहरू अवरुद्ध

चौतारा । अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएको छ भने ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् । बाढीका कारण हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले पहिरो जाँदा पिाघाट मेलम्ची सडकखण्ड अवरुद्ध भएको हो । यस्तै पहिराले ठूलोसिरुवारी जंगलछापका दुई घरमा क्षति पुगेको छ । यस्तै पहिरोले बन्देउ चौतारा […]

धेरै रुचाईएको
error: Content is protected !!