Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठखेलकुदबाह्रबिसेका बिकेश बर्ष पुरूषकाे मनाेनयनमा

बाह्रबिसेका बिकेश बर्ष पुरूषकाे मनाेनयनमा


चाैतारा । सिन्धुपाल्चोकको बाह्रिवसेका फुटबलर बिकेश कुथु १७औं संस्कणको प्रतिष्ठित ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्र्तगत बर्ष पुरूष बिधाकाे मनाेनयनमा परेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गर्दा राष्ट्रिय टिमका गाेलरक्षक कुथु पनि मनाेनयनमा परेका हुन् ।
मञ्चले वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश सँगै एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् ।
पुरुषको मनोनयनमा परेका फुटबलका सिन्धु पुत्र कुथुले १३औं सागमा फुटबलतर्फ स्वर्ण जितेका थिए भने आठौं राष्ट्रिय खेलकुदमा आर्मीका लागि पनि स्वर्ण जितेका थिए । त्यस्तै गत बर्ष सम्पन्न ए डिभिजन लिगमा आर्मीलाई दोस्रो स्थानसम्म पुर्याउन उनको योगदान पनि महत्वपूर्ण रहेको थियो ।
२०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको हाे ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस