गृहपृष्ठ ∕ खेलकुद ∕ काेमलमाया-खड्ग बस्नेत स्मृति कप, मेलम्चीको विजयी सुरूवात काेमलमाया-खड्ग बस्नेत स्मृति कप, मेलम्चीको विजयी सुरूवात Sindhu Khabar पुस २२, २०७७ गते १७:३८ मा प्रकाशित बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ स्थित पालाँतीमा अाजबाट जिल्लास्तरीय नाईन ए साईड फुटबल प्रतियाेगिता सुरू भएकाे छ । एक लाख एघार हजार एक सय ११ पुरस्कार राशीकाे काेमलमाया खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियाेगिताकाे अाज भएकाे पहिलाे खेलमा मेलम्ची नगरपालिकाले बिजयी सुरूअात गरेकाे छ । मेलम्चीले भाेटेकाेशी गाउँपालिकालाई ४-०ले पराजित गर्याे । मेलम्चीका सञ्जन माझीले ह्याट्रिक गरे भने जीवराज ढकालले थप एक गाेल गरे । अाउँदाे पुस २८ सम्म चल्ने प्रतियाेगिताकाे पहिलाे खेलमा ३ गाेल गरेका माझी म्यान अफ दि म्याच घाेषित भए । सिन्धुपाल्चोकका स्थानीय तह बिच प्रतिष्पर्धा हुने प्रतियाेगितालाई नेपाली कांग्रेस खेलकुद विभागले अायाेजना गरेकाे हाे । प्रतियोगितामा जिल्लाका १२ मध्ये नाै स्थानीय तहले सहभागिता जनाएका छा् । जिल्ला खेलकुद बिकास समितिकाे प्राविधिक सहयाेगमा सुरू गरिएकाे उक्त प्रतियाेगितामा दाेस्राे हुनेलाई पचपन्न हजार पाँच सय ५५ रूपैयाँ प्रदान गरिनेछ । कुल नाै लाख रूपैयाँ लागत अनुमान गरिएकाे उक्त प्रतियाेगिताकाे अार्थिक व्यवस्थापन पुुर्व सूचना तथा सञ्चार मन्त्री माेहनबहादुर बस्नेतकाे परिवारले गर्नेछ । उत्कृष्ठ खेलाडीलाई २० हजार नगद, हरेक खेलकाे म्यान अफ दि म्याचलाई पाँच हजार र ट्रफि प्रदान गरिने अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष बीरबहादुर खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका उत्कृष्ट गाेलरक्षक, डिफेण्डर, मिडफिल्डर र स्ट्राइकरलाई पनि नगद ७ हजार र ट्रफि प्रदान गरिनेछ । स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरूप प्रतियाेगिता अायाेजना गर्न लागिएकाे पूर्व मन्त्री बस्नेतले बताए । क्याटेगोरी : खेलकुद ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोमलमाया–खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता : चौतारा सेमिफाइनलमा बाह्रबिसेका बिकेश बर्ष पुरूषकाे मनाेनयनमा मन्त्रालयको घेराभित्र मात्रै सीमित हुन्न: मन्त्री लामा चाैतारा ब्याडमिन्टन: जिल्ला स्तरीय सकियाे, आजबाट राष्ट्रिय प्रतियाेगिता धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८फेरि बन्द हुने भयाे ताताेपानी नाका