गृहपृष्ठ ∕ खेलकुद ∕ मन्त्रालयको घेराभित्र मात्रै सीमित हुन्न: मन्त्री लामा मन्त्रालयको घेराभित्र मात्रै सीमित हुन्न: मन्त्री लामा सिन्धु खबर पुस १८, २०७७ गते १८:५७ मा प्रकाशित भकतपुर । युवा तथा खेलकूदमन्त्री दावा लामाले आफू विगतका मन्त्रीहरुजस्तो मन्त्रालयको घेराभित्र मात्रै सीमित नरहने बताए । युवा गैरसरकारी संस्था महासङ्घ भक्तपुरले आज यहाँ आयोजना गरेको बधाई तथा सञ्चार साक्षात्कार कार्यक्रममा उहाँले अब आफ्ना काम मन्त्रालयका फाइल सदर र मन्त्रालयको चौघेरामा मात्रै सीमित नहुने बताए । “प्रत्येक मन्त्रालयमा युवाका सवाल सम्बोधन गर्न विभिन्न कार्यक्रम छन्, तिनलाई समन्वय र संयोजन गर्ने कार्य अब आफ्नो प्राथमिकतामा छ”, उनले भने, “नेपालमा युवा बेरोजगारी न्यूनीकरण गर्न अबका युवा कृषि उद्यमी बन्नुपर्छ ।” मन्त्री लामाले कोरनापछि समग्र खेलकूद क्षेत्रलाई थप चलायमान बनाउनुपर्ने आवश्यकतामाथि जोड दिदैं आफ्नो अभियान अब त्यसैतर्फ केन्द्रित हुने बताए । युवा गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष नारायण गिरीले मन्त्रालयको युवामैत्री काममा महासङ्घले हातेमालो गर्ने बताए । युवा सकारात्मक सोचका अभियानकर्मी विकासदेव योञ्जनले युवा मन्त्रालयले युवा मन्त्री पाएको महसुस गर्न ब्यग्र प्रतिक्षामा रहेको बताउँदै युवामा सकारात्मक सोचसहितको ऊर्जा प्रवाह गर्नुपर्ने बताए । क्याटेगोरी : खेलकुद ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम सिन्धुपाल्चोक भर फैलदैं तेक्वान्दो खेल ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’मा सहभागी हुन चाहानुहुन्छ ? यसरी… सेना दिवसमा ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ हुने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे