Techie IT
Friday, January 15,2021 / शुक्रबार, माघ २, २०७७
×
गृहपृष्ठखेलकुदचाैतारा ब्याडमिन्टन: जिल्ला स्तरीय सकियाे, आजबाट राष्ट्रिय प्रतियाेगिता

चाैतारा ब्याडमिन्टन: जिल्ला स्तरीय सकियाे, आजबाट राष्ट्रिय प्रतियाेगिता


चाैतारा । तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ को जिल्ला स्तरीय प्रतियोगिता सकिएसँगै आजबाट राष्ट्रिय प्रतियोगिता सुरू हुँदैछ ।अाज (बुधबार) दिउँसाे २ बजे राष्ट्रिय प्रतियाेगिताकाे पहिलाे खेल हुन भएकाे हाे ।
आजजकाे पहिलाे खेल नेपाल पुलिस क्लबका जीवन अाचार्यसँ सिन्धुपाल्चोकका अभिषेक गुरूङ भिड्दैछन् । गुरूङ जिल्ला स्तरीय मेन्स सिंगलतर्फका बिजेता हुन् ।
त्यस्तै आजजकाे दाेस्राे खेल प्रिन्स दाहाल र गाेकुल जाेरा बीच हुनेछ भने तेस्राे खेलमा पविन लिंगहेपसँग टीकाराम रानामगरले प्रतिष्पर्धा गर्नेछन् । याे सँगै आज ७ वटा खेल हुनेछ ।
प्रतियाेगितालाई ताेप २१ ले अायाेजना गरेकाे हाे ।
चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा चलिरहेको प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधामा प्रतिपर्धा सञ्चालन गरिएकाे आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस